Logo
०५ असोज २०७७
(Monday 21st September 2020)

सबै दुखीलाई सेवा गर्न पाउँदा खुसी लाग्छ



देव कुमार नेपाली, ढोरपाटन नगरपालिकाका प्रमुख । साँचो भन्नु पर्दा गरिब परिवारमा हुर्केर पनि ठुलो आर्थिक उपलब्धि गरेका कारण उनको चर्चा हुने गर्छ । अझ उनले गरेका समाजसेवा र गरिबहरूको जीवनयापन उत्थानका लागि गरेका कार्य प्रशंसनीय रहेका छन् । तीनै नेपालीसँग गरिएको कुराकानीको सार संक्षेप

बि.स २०७७ ०७८ सुरु भयो । नयाँ आर्थिक वर्षका योजनाहरू के के छन् ?

अबको आर्थिक वर्षमा हामीले विपद् व्यवस्थापन,कृषि र पशुपन्छी पालन अबका हाम्रा प्राथमिकता हुन् । यसका लागि हामीले थुप्रै काम गर्ने सोचमा छौ । त्यसपछि शिक्षा, स्वास्थ्य र खानेपानीको आधारभूत कुराहरू त छदै छन् ।

अहिले नेपालमा दुई विपद् एकै पटक देखा प¥यो । एउटा कोरोना महामारी र एउटा बाढी पहिलो यसले ढोरपाटनलाई कत्तिको प्रभाव पारेको छ ?
संयोगवश बाढी पहिरोले त हामीलाई खासै प्रभाव पारेन । तर, कोरोनाले प्रभाव पारे पनि हामीले जित्यौ । हामीले २ करोड रुपैयाँ यसका लाग खर्च गरेका हौ । आइसोलेसन र क्वारेनटाइन दुवै व्यवस्थित गरेका कारण हामी कोरोना महामारीबाट बाहिर निस्कियौ ।

बागलुङ बुर्तीवाङ सडक नगरपालिकाको प्राथमिकता होइन र ?

पोखरा बागलुङ बुर्तीवाङ हुँदै रुकुम जाने बाटो मध्य पहाडी लोक मार्ग अन्तरगत हो । यहाँका धेरै भाग पिच भइसके । मलाई लाग्छ यो केही समयमा सकिन्छ ।

नयाँ चुनौती पनि थपिएका होलान् नि ?

यहाँ पनि नेपालका अन्य पहाडी भूभागका झैँ शिक्षा र स्वास्थ्य मुख्य चुनौती हुन् । साथै अबका आम्दानीका श्रोत के हुन सक्छन् भन्ने पनि हो । कृषि उब्जनी र तरकारीलाई हामीले मुख्य श्रोत बनाएका छौ । नेपालीहरू अहिले ढिँडोमा आकर्षित भएका कारण हामीले पनि कोदो खेतीलाई प्राथमिकता दिएका हौ ।
अहिले कोरोनाको कारण यहाँको आर्थिक अवस्थालाई पनि असर गरेको होला । अब यसबाट उत्पन्न दीर्घकालीन समस्यालाई कसरी समाधान गर्नु हुन्छ ?
नेपालको मुख्य आम्दानीको श्रोत रेमिटेन्स हो । यसमा प्रभाव परे पछि हामीलाई पनि प्रभाव नपर्ने कुरै भएन । तर हामीले यो समस्यालाई सकारात्मक ढङ्गले उपयोग गर्ने योजना बनाएका छौ । हामी हाम्रा युवालाई विदेश नपठाउने सोचमा छौ । यसका लागि युवाहरूलाई प्राथमिकतामा राख्दै मेयर स्वरोजगार कार्यक्रमको व्यवस्था गरेका छौ । जसका कारण युवा शक्तिलाई यहीँको विकासमा लगाउने सोचमा छौ ।
तपाई त एउटा आर्थिक अवस्था कमजोर भएको परिवारको मान्छे । आफूले विगतमा भोगेको जस्तै दुख अरूले भोग्न नपरोस् भन्नका लागि लागि के गर्दै हुनु हुन्छ ?

म छानो पनि नभएको घरमा हुर्किएको हु । मैले मेरो विगत बिर्सन हुँदैन । अझ भनौँ ओडारमै हुर्किएको हु । यस कारण मैले ८सय नौ सय घरलाई व्यक्तिगत रूपले टिनको छाना हाल्दिए । २० २५ घर बनाइदिए ।
शिक्षाको महत्त्व पनि बुझे । हाम्रो समयमा पढ्नलाई काठमाडौँ या पोखरा जानु पर्थ्यो । मैले राम्रोसँग पढ्न नपाएको दुख छ । यस कारण गरिवका छोराछोरीले राम्रो सँग पढ्न पाउनु पर्छ भनेर ७५ जनालाई आफूले तलब खुवाउने गरी राखेर थुप्रै स्कुलमा १० कक्षासम्म अङ्ग्रेजी माध्यममै पढाई तथा कम्प्युटरको पनि सिकाइको व्यवस्था गरे । मलाई लाग्छ हामीले सबैले समाजमा दुख परेकालाई आफ्नो तर्फबाट सहयोग गरे धेरैको दुख आफै समाधान हुन्छ ।

प्रतिक्रिया दिनुहोस्