Logo
१३ कार्तिक २०७७
(Thursday 29th October 2020)

भ्रष्टाचारले बदनाम गोदावरी नगरपालिकामा अख्तियारको छापा



लामो समय देखि भ्रष्टाचारको आहालमा डुबेको चर्चा चलेको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले संयुक्तरुपमा छापा हानेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र ओभरसियर किशोर मोक्तानले सेवाग्राहीसँग रकम लिँदालिँदै अख्तियारले छापा हानेको थियो । अख्तियारको टोलीलाई थप मद्दतको लागि महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापाले टोली पनि गोदावरी नगरपालिकामा गएको छ ।
अहिले नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान भइरहेको छ । अख्तियार र प्रहरीको संयुक्त टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सूचना अधिकारी तारानाथ अधिकारी अनुसार सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिइरहेको अवस्थामा रंगे हात नियन्त्रणमा लिएको जानकारी दिए ।
यसअघि पनि जैसी व्यवसायीहरूसँग मिलेर प्लटिङको जग्गा श्रीमतीको नाममा पास गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । यत्ति मात्र होइन, सेवाग्राहीलाई अ‍नक बहानामा दुख दिने गरेको जैसीसँग सबै जना आक्रोशित थिए ।

प्रतिक्रिया दिनुहोस्