Logo
११ असोज २०७७
(Sunday 27th September 2020)

नीजि क्षेत्र र यसका पात्रहरु



अरुणराज सुमार्गी, युवा व्यवसायी 

कोभिड १९ ले विश्वभर आर्थिक क्षेत्रमा नराम्रो असर परेको छ । यसको नमिठो धक्का नेपालको नीजि क्षेत्रले समेत व्यहोर्दै छ। नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशले समेत ठुलै आर्थिक मार खेप्नु परेको छ । महामारीको मारले नेपालको सानो बजार र यो बजारलाई चलायमान बनाउने नेपाली उद्योगी व्यवसायीलाई कस्तोसम्म अवस्था आएको छ होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । हिजोआज सामाजिक सन्जाल होस या रेडियो, टेलिभिजन वा छापा सन्चारमाध्यमको माध्यमबाट नै थाहा पाउन सकिन्छ कि ऋणको चाप र बन्द व्यवसायको मानसिक तनावले मर्ने र आत्महत्या गर्नेको संख्या दिनानुदिन बढदो छ । व्यवसाय नै भनेर लाग्नेको हालत त झन खराबबाट सकिनेतर्फ उन्मुख छ । यता, माहामारीको मारको कारण उद्योग व्यवसाय ठप्प जस्तै छ। साना व्यवसायीको हालत त्यस्तै छ । झन नेपालको ठुलो संम्भावना बोकेको पर्यटन र होटल व्यवसाय अवस्था त भनिनसक्नु नै छ ।

यसवाट रोजगारी पाईराखेकाहरु विहान बेलुकाको छाक नै टार्न नसक्ने अवस्थामा पुगिसके । यस्तै हो भने उनीहरुको गुजारा चल्न साच्चै कठिन छ । यस्टो जटिल अवस्था आईपरेको सवैलाई सर्वविदीत नै छ । यस्तो बाबजुद पनि लामो इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघमा आगामी निर्वाचनको होडवाजी चलेको छ। एकले अर्कालाई हिलो छ्यापा छ्याप भइरहेको छ । आरोपप्रत्याोप नै सुरु भइसक्यो । जव जव देशमा प्राकृतिक विपदा तथा संकट आउँछ तबतब त्यहाँ नीजि क्षेत्र दिलोज्यानले राज्य र जनतालाई सघाउन पुग्छ । यो विगतदेखि कै परम्परा हो । यो निरन्तर छ ।

देशको सर्वोच्चता बोकेको न्यायालयले राज्यले कर नलिनु र राज्यलाई लकडाउनसम्म संयमता अपनाउनु भनिरहँदा पनि नीजि क्षेत्रले राज्यलाई जुन सहयोग स्वरुप कर दाखिला गर्नु एउटा सकारात्मक सन्देश हो । एकातर्फ हामी राज्यलाई उदारता देखाई रहेका छौ । अर्कोतर्फ हामीलाई निर्वाचनले उत्तेजित बनाई राखेको छ । निर्वाचनको माहौलले छोपेको छ । यस्तो घडीमा एकपटक नीजि क्षेत्रका हस्ती तथा सहयात्रीले सोच्ने बेला आएको छ । एकै ठाउँमा वसेर एउटै उपलव्धीको लागी लागि परेका हामी के यस पटकको निर्वाचन नगरी समझदारी देखाउन सक्दैनौ ? यस्तो बेला न उद्योगीले न त आमनागरिकले सहमतिमा नेतृत्व चयनको अपेक्षा राखिरहेका छन ।

यस संस्थामा देशमा कहलिएका उद्योग संस्थान चलाउने हस्ती छन । गाउँ गाउँमा सानातिना व्यवसाय गर्ने सवै एकै छन। हामी विभिन्न आस्था र आदर्श मान्ने भएपनि यो संस्था सवै नेपालीको साझा हो । एक पटक हामीले देश र जनताको मन छुने गरी विना निर्वाचन हाम्रो एकता प्रर्दशन गर्नु जरुरी छ। र, यो अहिलेको आवश्यकता अनि वुद्धिमानी पनि हो । यहिलेको यस्तो अवस्थामा सवैले मन फुटेको होइन मन मिलेको हेर्न चाहिरहेका छन ।

यो नेपाल उद्योग वाणिज्य महासंघ देशभर नै फैलिएको छ । विगतमा देशमा स्थानीय निर्वाचन नभएका बेला करिव १९ वर्ष जतिको समयकालमा जिल्ला नगर उद्योग बाणिज्य संघले राज्यसँग हातेमालो गरी राजनीतिक संस्कारलाई निकास दिएको याद गराउन चाहान्छु। आज देशको अर्थतन्त्र तहस नहस भएको छ । विकास बजेट घटाईएको छ । यस्तो अवस्थामा पनि हामी राज्यसँग संवाद गरिरहेका छौ । मिलेर जानुको विकल्प छैन भन्दै छौ । यो अवस्थामा राज्यले निजि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर हेर्नुपर्ने हो । यो वेला राज्यले नीजि क्षेत्रको ऋण तिर्नु पर्ने अवस्था आएको छ। सहयात्राको वास्तविक मर्म वुझने बेला पनि हो । छिमेकी मुलुकवाट आयात हुने तरकारी फलफुल र खाद्य पदार्थमा अब आत्मनिर्भर हुने कामको थालनी गर्नु नै पर्छ। र, यो अहिलेको अपरिहार्य पनि हो ।

सरकार र नीजि क्षेत्र मिलेर रोजगारीसहितको आधुनिक कृषि व्यवसाय आजको आवश्यकता हो । यसबाट हामी परनिर्भरबाट आत्मनिर्भरतर्फ लाग्न सक्छौ। भात, इजरायल, या अन्य साना देश नै किन नहुनु कृषिमा अब्बल बनेका छन । नीजि क्षेत्रलाई यो करोनाको यस्तो महामारीमा पनि हुन सक्ने भोकमरी वेरोजगारी समस्याको लागी सँगसँगै लैजान राज्यले सकेन भने राज्यलेले ठुलो मुल्य चुकाउनु पर्छ । रुकुम होस या कालिकोट वा दिक्तेल होस या पाँचथर वा तराई का जिल्लाहरु या हिमाल पारीका मनाङ मुस्ताङ वा मुगु होस नीजि क्षेत्र सबैतिर संस्थागत संरचना विस्तार गरेर समाजमा सुव्यवस्थासहित राज्यसँगै हातेमालो गरिरहेका छौ ।

वैदेशिक लगानी नेपाल भित्राउनदेखि नेपालको उत्पादित वस्तुको विश्व बजारमा पहिचान गराउने नीजि क्षेत्र नै हो । यसमा दुईमत पनि छैन । हाम्रो गलैचा पस्मिना , गर्मेन्ट मुर्तिकला , हस्तकलादेखि अलैची, चिया, अमरिसो र अदुवा जस्ता उत्पादन विभिन्न देशसम्म लैजाने पनि नीजि क्षेत्र नै हो । भारतसँगको असमान सन्धी संझौता र राजनीतिक सोच प्रस्ट नहुनु, वैदेशिक नीति सरल नहुनु नै हाम्रो उत्पादनलाई विब्व बजारसम्म लैजान अझै गारो भएको हो । यस प्रकारको विषम परिस्थितीमा राज्य र नीजि क्षेत्रले थप उचाईमा नीतिगत निर्णय गर्न सक्नुपर्ने हो । पहिलेदेखि पुर्वको नाका भएर निकासी हुने वस्तुमा नेपाली उद्योगीले पाउँदै आएको सास्ती नै उदारण हो । नेपालको भुमिमा हामीले गर्न सक्ने दीर्घकालिन योजनालाई अघि वढाई नेपाली व्यापार ब्यवसायलाई लयमा फर्काउन सकिन्छ। अव त्यो पहल गर्नै पर्छ ।

र, यस प्रकारको योजना नीजि क्षेत्रसँग छ । यो प्रकारको क्षमता नीजि क्षेत्रसँग सहकार्य गरे मात्र सफल हुने पक्का छ । नत्र जटिल छ । तर, राजनीतिक दलमार्फत यो विषयलाई लानु जरुरी नै देखिन्छ । यसो गर्ने उवामा सँगले पनि यो पटकको निर्वाचनमा सहमतीमा सक्नुपर्छ । यसो गर्दा हाम्रो साख झनै बलियो हुनपुग्छ। र, मनोवल पनि बढछ । मुलकको पहिचान बोकेको ५४ वर्षको निरन्तर यात्रामा सहकार्य गर्दै आउनु भएका माहरथी, पुर्वअध्यक्ष, सल्लाकारलाई यो एउटा ऐतिहासिक अवसर पनि हो । मेरो देश मेरो माटो र त्यही माटोमा हुर्केको ब्यापार व्यवसायलाई अभिभावकत्व प्रदान गरिरहेको नीजि क्षेत्रको माउ संस्था कतै गुटवन्दी र कसैको स्वार्थको लागी अल्झिएको त छैन र? यो आवाज प्रतिनिधी आवाज हो । यसमा गंभिर हुन जरुरी छ । लामो समय भारतमा अग्रेजले शासन गर्यो जाने बेलामा एउटा रोग छोडेर गयो त्यो रोग थियो विखण्डनबाद ।

कतै त्यो रोग हाम्रो संस्थामा त लागेन ? यसको जवाफ खोज्ने वेला आएको छ । यस प्रकारको रोगले कसैलाई बलियो बनाउँदैन । दलहरु दलदलमा फसेका छन। हाम्रो देशमा यो सर्वविदित नै छ । हामी नीजि क्षेत्र त व्यवस्थापनको मामिलामा अव्वल हुनु पर्ने हो । र, हुनैपर्छ । हाम्रो कार्य दक्षताले नीजि बैंक नीजि शिक्षण संस्था नीजि उद्योग राज्यको निकायले संचालन गरेको भन्दा सफल र राम्रो रोजगारी प्रदान गरिरहेका छन । यस्तो स्वर्णिम अवसर र यत्रो चुनौतीले ललकारी रहेको वेला हामी चुनाव चुनाव भनेर जिल्ला जादाँ हामीलाई लाज लाग्नु पर्ने हो की ? विविध समस्याले थिचेको बेला व्यवसायीलाई नागरिक समाजले लखेटे भने ? यो समयमा नै सोच्न आवश्यक छ। एकपल्ट सोचौ यो वेला हामीले पुरुषार्थ देखाउने वेला हो । अरु भन्दा पनि इतिहासमा यो दिन र कालखण्डको घेरै चर्चा हुने छ ।

यो विषम प्ररिस्थीतीले विश्वको कुनै मुलुक पनि चोखो छैन। त्यसैले महासंघमा पनि ठुलादेखि साना व्यवसाय गर्नेको प्रतिनिभित्व । चालिसको दशकमा दोस्रो विश्व युद्धको पुर्वसन्ध्यामा वेलायतमा पुर्ण समर्थनको सरकार चलिरहेको थियो । तर त्यही वेला हिटलर युरोपलाई पराजित गर्दै फ्रान्स पुगी सकेको थियो । समय र अवस्थालाई ख्याल गर्दै बेलायतले देशलाई पराजित नहोस भनेर वस्टन चर्चिललाई प्रधानमन्त्री बनायो र देशलाई अरुको अधिनस्त हुनबाट बचायो । हो, हामीले ९नीजि क्षेत्र ० यो माहामारीबाट बचाउनु छ । यसैगरी हामीले सवैको साझा व्यक्तीलाई स्थापित गरौ । एकता प्रर्दशन गरौ । यस वेला महासंघमा शुद्धीकरणको खाँचो छ। हामीले हाम्रो संस्था वलियो राख्न सके सवै खाले व्यवसाय जीवित हुन सक्छ । नत्र सिमित व्यवसायी धनी हुने साना मझौला मर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्