Logo
Logo

आयुर्वेदका कारण नेपाल र भारतमा मृत्यु दर कम ः डा ज्ञवाली




पतञ्जलि योग पीठ हरिद्वारले आफूहरूले औषधी तयार पारेको बताउँदै पत्रकार सम्मेलनको आयोजना गरे लगत्तै यस प्रति भिन्न प्रतिक्रिया व्यक्त हुन थालेका छन् । नेपालका आयुर्वेदिक चिकित्सक डा. प्रकाश ज्ञवालीले नेपाल र भारतमा मृत्यु दर कम हुनुको कारण वैकल्पिक चिकित्सा नै भएको बताएका छन् ।
नेपालमा कोरोनाका कारण मृत्यु भएका अधिकको कोरोना पुष्टि मृत्यु पछि भएको छ । उपचारको क्रममा भेन्टीलेटर र आइसियुको सहारा लिनु परेको घटना समेत एकदम कम छन् ।
सरकारको निर्णय अनुसार स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालको क्वारेनटाइन र आइसोलेसनमा आयुर्वेदिक औषधी प्रदान गर्ने नीति लिएको हो ।
पतञ्जलि योग पीठले तयार गरेको औषधीको संयोजन र यहाँ प्रदान गरिने धेरै औषधी मिल्दो जुल्दो भएको डा. ज्ञवालीले बताए । विगतमा सार्स लगायत अन्य भाइरस सङ्क्रमणमा यी औषधी उपयोगी भएका अहिले पनि यसले सकारात्मक नतिजा दिने विश्वास रहेको डा. ज्ञवालीले बताए । उनका अनुसार नेपालमा पनि आयुर्वेदिक उपचार पद्धतिका धेरै पाटा अझै परीक्षणको क्रममा रहेका छन् ।
पतञ्जलिले तयार गरेको औषधी भारतकै स्वास्थ्य अनुसन्धान विभागले परीक्षण गरे पछि मात्र प्रभावकारिताको मापदण्ड प्रस्ट भन्न सकिने छ । परन्तु पतञ्जलिले तयार गरेको औषधी र नेपालमा प्रयोग भइरहेका औषधी उपयोगी भएकोमा शङ्का भने छैन । आयुर्वेदिक औषधीको साइड इफेक्ट नहुने कारण जो कोहीले पनि नियमित सेवनको आदत बनाउनु उपयुक्त हुने उनको ठहर छ । नेपालमा अश्वगन्धा, गुडुची, ज्येष्ठ मधु, तुलसी र दालचिनी लगायत औषधी प्रयोग गरिँदै आइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोरोना कहरसँग आकास सिंगारिएको छ। प्रकृतिका वरदान ती चिरविर पंक्षी आनन्दले आकास चुमिरहेछ। स्वतन्त्रता

काठमाण्डौं । राप्रपा प्रजातान्त्रिक सयुक्तको महिला संघको केन्द्रित उपाध्यक्षमा धनेश्वरी प्रजापति नियुक्त भएकी छिन्

काठमाण्डौं । सवैलाई जिज्ञासा होला नेपालको पहिलो ईन्जिनियर को होला भन्ने ? अहिलेका नयाँ

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपा संसारभरका बौद्ध मार्गीको आस्थाको केन्द्रको रुपमा रहेको छ