Logo
०५ असोज २०७७
(Monday 21st September 2020)

पतञ्जलिबाट कोरोनाको औषधी तयार



कोरोनाको औषधी पत्ता लागेको छ । पतञ्जलि योग पीठले मङ्गलवार हरिद्वारको आफ्नै भवनमा कार्यक्रमको आयोजना गर्दै यसको जानकारी दिए । सो कार्यक्रममा योग गुरु बाबा रामदेव र पतञ्जलि योग पीठका कार्यकारी निर्देशक आचार्य बालकृष्ण लगायतले यसको जानकारी गराए । कोरोनील नामको सो औषधी कोरोना भए या नभएका दुवै थरीले सेवन गर्न सक्ने जनाएको छ ।

आचार्य बालकृष्णले लगातार ६ महिनाको मिहनेत पछि क्लीनीकल ट्रायल सहित यो तयार भएको दाबी गरे । उनले ट्रायलको क्रममा २ देखि नौ दिनको बिचमा ठिक भएको बताए । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका अधिकारीको पनि उपस्थिति थियो । आचार्य बालकृष्णले यो क्रम अझ अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्