Logo
११ असोज २०७७
(Sunday 27th September 2020)

लाखौँ कोसिसबाट स्थापित हुने मिनाको विश्वास




मोडलिङ र नृत्य क्षेत्रमा लामो योगदान गरेकी मिना सुनार अहिले नयाँ म्युजिक भिडियो को तयारीमा रहेकी छिन् । हिरा बहादुर र मञ्जु सुनारको छोरी मिना साने उमेर देखि नृत्यमा पारंगत रहे पनि घरायसी आर्थिक अवस्थाका कारण सङ्घर्षरत थिइन् । सुरुमा त्यत्ति सकारात्मक नभएका उनका अभिभावक पनि उनले प्रतियोगितामा सफलता पाउनका साथै गोरखामा नृत्य प्रशिक्षण केन्द्र चलाउन थाले पछि सकारात्मक भए ।


त्यस पछि राम कुमार गुरुङकै प्रेरणामा उनी पन्जाबी म्युजिक भिडियो को साथै, दोहोरी ,सिरियलमा सहभागिताको अवसर जुटाइदिए । उनै राम कुमारको प्रेरणामा मिनाले लाखौँ कोसिस भन्ने गीतमा पनि मोडलिङ पनि गरेकी छिन् । लकडाउनको कारण बजारमा आउन रोकिएको यो म्युजिक भिडियो केही दिनमा नै बजारमा आउने छ ।
यो म्युजिक भिडिपोले आफूलाई मोडलिङ क्षेत्रमा राम्रो स्थापित गराउने कुरामा मिना आशावादी रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्