
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ मा मदन आश्रीत बाटो पिच भएको छ । वडा अध्यक्ष श्रीकृष्ण चापाँगाइको ठुलो प्रयासका कारण भिन्न अप्ठेरोका बाबजुद यो कार्य सम्पन्न भएको हो । बाटो पिच भए पछि धेरैलाई यसलाई खुसी तुल्याएको वडा सदस्य अष्टलाल श्रेष्ठले जानकारी दिए ।लामो समय काम नभए पछि वडा अध्यक्षले आफैले जिम्मेवारी लिई सक्रियतापूर्वकयसलाई सम्पन्न गरेका हुन् । यसले स्थानीय बासीलाई खुसी तुल्याएको छ । नगरपालिकाको टेन्डरमा यो काम सम्पन्न भएको हो ।