Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

प्रहरी प्रमुख दाहालको एकहप्ताको प्रयासपछि कहलिएका जुवाडे व्यापारी परे फन्दामा, यस्तो छ, उनीहरुको खराव पृष्ठभुमि



काठमाण्डौं । जुवा खेलिरहेको अवस्थामा काठमाण्डौंको एक होटलबाट कहलिएका व्यापारी पक्राउ परेका छन । महानगरीय प्रहरी वृत दरबारमार्गले ती व्यापारीलाई पक्राउ गरेको हो । भारतीय नागरिक मिक्की जोगाईले सन्चालन गरेको कमलादिस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट ९ जना व्यापारी पक्राउ परेका हुन ।

जुवाको खालबाटै पक्राउ परेका व्यापारीमा विशाल समूहका अशोक अग्रवाल, त्रिवेणी समूहका रामचन्द्र संघाई, खेतान समूहका विमल खेतान, पिएस समुहका नन्दकिशोर शर्मा, हिमालय मेटल उद्योगका विमल अउजा, सुरेश कुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरियाका साथै होटल सन्चालक जोगाई पक्राउ परेको हुन ।

यस्तो खराब छ, जुवाडे व्यापारीको पृष्ठभुमि

अशोक अग्रवाल

विशाल समुहका निर्देशक अशोक कुमार अग्रवाल एनआइसी एशिया बैंक, एनएमवि बैंक, एलआइसी इन्स्योरेन्स, स्टिल व्याटी, दिल्ली पब्लिक स्कुल, एस कलेज, पुजा इन्टरनेशनल लगायत दुई दर्जन व्यवसायमा आवद्ध छन ।

घरानिया व्यवसायी असोक आवद्ध व्यवसायी समुहलाई नेपालको नामुद भ्याट छलीको नाइकेको रुममा समेत लिने गरिन्छ । कर्मचारी संयन्त्रलाई प्रयोग गरी आफनो अशुद्ध व्यापार धन्दा चलाउने यो समुहलाई अवैध भारतीय नोट कारोवारीको समेत आरोप लाग्दै आएको छ ।

एनआइसी एशिया बैंक विवादित बैंकभित्र समेत पर्छ । ग्राहकलाई झेलझालमा पारी अवैध कारोवार गर्ने बैंकमा समेत लिने गरिन्छ । यो बैंकवाट सयौ ग्राहक पीडित भएका प्रशस्तै गुनासो समेत आउने गरेको छ । असोक गिनिका लागि अवैतानिक दुत समेत हुन । असोक अग्रवाल जगदिश अगवाल, तुलसी अग्रवाल, त्रिलोक अग्रवालका सन्तान हुन ।

रामचन्द्र संघाई

त्रिवेणी समुहका निर्देशक रामचन्द्र संघाईको एनआइसी एशिया बैंक, एनएमवी बैंक, विग मार्ट, त्रिवेणी मिल, नेपाल टि, त्रिवेणी टेक्सटायल, पशुपति, विश्वकर्मा सिमेन्ट, त्रिवेणी व्यापार कम्पनी, विग मुभि, इन्स्योरेन्स लगायत दुई दर्जन बढि कम्पनी छन ।

भ्याट छली, अवैध विदेशी पैसा अपचलन, शेयर हडपेका जस्ता आरोप लागेका संघाईले सिद्धार्थ ग्यास उद्योगका मालिक रमेश कुमार अग्रवालको शेयर जवरजस्ती हडपे र मार्ने धम्की समेत दिएको घटना बाहिरि आएको थियो ।

व्यवसायी अग्रवालले पत्रकार सम्मेलन नै गरेर संघाईले आफुलाई मार्न खोजेको भन्दै बचाउन सरकारसँग माग गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा समेत रहेका उनीमाथि गुणस्तरहिन सामान उत्पादन गरि ग्राहक ठगेको लाग्दै आएको छ ।

विमल अउजा

न्युरोडमा सामान्य रेष्टुरेन्ट सन्चालक विमल अउजा अहिलेका अर्बपति हुन । न्युरोड क्वालिटी रेष्टुरेन्टका सन्चालक विमल झण्डै तीन दशकदेखि माडवारी व्यापारीलाई जुवातासको खाल राख्दिएकै भरमा अर्बपति बनेका हुन । आफनै घरमा काम गर्ने सँग दोसो विवाह गरेका उनलाई मारवाडी समुदायमा खराब आचरणको रुपमा समेत चिन्ने गरिन्छ ।

विमल झण्डै तीन दशकदेखि जुवातासको खाल राख्दै आएका नामुद जुवाडे हुन । न्युरोडको आफनौ क्वालिटी रेष्टुरेन्टमा विमल तल खानाको परिकार माथि जुवातासको खाल सन्चालन गर्थे।

गोविन्द सरिया

गोविन्द सरिया झापाका चर्चित चिया मालिक हुन । पुतलीसडकको न्युप्लाजामा बस्ने उनलाई अवैध चिया तस्करीको डन समेत मानिन्छ । रक्तचन्दनदेखि सुन हुण्डी कारोवारीका वादशाह सरिया नेपाल ट्रष्टको दरबारमार्गस्थित भवनको पनि मालिक हुन ।

चिया व्यवसायी सरियाले नेपालमा बेच्न सुरु गरेका बङ्लादेशी उत्पादन प्राण फुड विवादमा परेको थियो । वाणिज्य विभाग र खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति नलिई बजारमा ल्याएको भन्दै विवादमा परेको थियो । उपभोक्ता अधिकारकर्मीहरुले समेत उजुरी दिएका थिए ।

सुरेश कुमार अग्रवाल

सिलगुरीका स्थायी अग्रवाल राजनीतिक दल तथा मन्त्री उच्च पदस्थ अधिकारीसँग नजिक भएर व्यापारमा वेइमानी गर्दै आएका व्यवसायी हुन ।

झापाका घरानियाँ व्यवसायी सुरेश मित्तल टी इस्टेट, मित्तल सिमेन्ट उद्योग, मोहन टी इस्टेट, कुवाडीदेवी टी इस्टेट, मुना चिया प्याकेजिङ, मित्तल वायर इन्डस्ट्रिज लगायत उद्योगका मालिक उनी मित्तल परिवारका हुन ।

सुर्य लाइफ इन्स्योरेन्सका सन्चालक उद्योगी मोहनलाल अग्रवालका माइला छोरा हुन सुरेश अग्रवाल । केही समय पहिले सुरेशले दाजु महेशकुमार अग्रवालसँग अंश विवाद समेत गरेका थिए ।

पुरुषोत्तम घिराइला, अग्रवाल

पुरुषोत्तम घिराइला,अग्रवाल न्युरोडको पुरानो मिठाई, कपडा व्यवसायी हुन । उनले सन्चालन गरेको स्वष्तिक मिठाई पसल हो । गुणस्तरहिन मिठाई विक्रि गर्दै आएका पुरुषोत्तमको स्वष्तिक मिठाई पसलमा राजस्व विभागले समेत वारम्वार छापा मार्दे आएको छ ।

कर भ्याट छलीका माहिर पुरुषोत्तम पनि सहि छवि भएका माडवारी व्यापारीमा पर्दैनन । गुणस्तरहिन मिठाई बेचेर नै पुरुषोत्तम अर्बपति बनेका हुन ।

नन्दकुमार शर्मा

नन्दकुमार शर्मा ज्योती लाइफ इन्स्योरेन्सका सन्चालक हुन ।

पिएस समुहका सन्चालक उनी अनमोड डेरी, सुर्य सिल्प, उत्तराटिच सिमेन्ट, होम केयर सुपर इगो लगायतको व्यापारमा संलग्न छन ।

उनको व्यवसायको सुरुवाती सम्वन्ध भने कपडा र डेरी नै हो । तर, आज उनी पनि अर्बपति भित्र गनिन्छन । उनको अकुत सम्पत्तीको आय व्यय भेटन भने निकै जटिल छ । त्यसकारण उनी पनि शंकास्पद व्यापारीभित्रै पर्छन ।

अनमोल व्याक्वेटका सन्चालक विएस शर्माका भान्जा नन्द शर्मा अनमोल डेरीका मालिक हुन । पिएस समुहका सन्चालक समेत रहेका अवैध रुपमा अकुत सम्पत्ती कमाएका शर्मालाई सम्पत्ती शुद्धिकरणले समेत निगरानीमा राखिएको व्यापारी हुन ।

महानगरिय प्रहरी बृत दरबारमार्गका प्रमुख रन्जन दाहालले उनीहरुलाई आवश्यक कानुनी कार्बाहीका लागी प्रक्रिया अगाडी बढाइने बताए ।

रंगेहात पक्राउ परेका उनीहरुको साथबाट दुई लाख सतहत्तर हजार नगदसहित हजार, पाँच सय, एक सय र पचासका दरका एक सय उनान्सत्तरी थान क्वाइन समेत बरामद गरेको महानगरिय प्रहरी दरबारमार्गका प्रमुख दाहालले बताए ।

विश्वासिलो सुचनाको आधारमा करिब एक साताको निरन्तर प्रयासपछि नाम चलेका व्यापारी घरानाका उद्योगी व्यवसायीलाई पक्राउ गर्न सफल भएको पनि उनले बताए । भ्याट छलिका नामुद व्यापारी मदिरा र केटीको मस्तीमा जुवाको खालबाट पक्राउ परेका हुन ।

सय रुपैयाँ ठगेर दुई रुपैयाँको धर्म गर्ने केही मारवाडी व्यापारीका कारण नेपालका माडवारी व्यवसायी नै बदनाम हुदै आएका छन । यसअघि पनि शंकर समुहका निर्देशक सुलभ अग्रवाल मेडिकल उपकरणको कालोबजारीमा रंगेहात पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्