
काठमाण्डौं । नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघले बजेटको स्वागत गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट शर्टिङ शुटिङसहितको टेलरिङ्ग ब्यवसायमाथि लाग्दै आएको अनिवार्य भ्याट खारेज गरेको भन्दै महासंघले बजेटको स्वागत गरेको हो ।
महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले वर्तमान परिप्रेक्ष्यमा नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघकोतर्फ बाट देशभरका टेलरिङ्ग ब्यवसायीमाथी पर्दै आएको गम्भीर समस्या बजेटमार्फत सम्वोधन भएको भन्दै खुशि व्यक्त गरे ।
विभिन्न समयमा ज्ञापनपत्र मार्फत ध्यानाकर्षण चरणवद्ध छलफलले अनिवार्य भ्याट हटाउने सहमति कार्यान्वयन भएको भन्दै उनले अर्थमन्त्रीलाई आभार समेत व्यक्त गरे । प्रस्तुत बजेटबाट अनिवार्य भ्याट खारेज भएकोले हामी देशभरिका कपडा तथा सिलाइ ब्यवसायीमा खुशिको लहर पैदा भएको छ, उनले भने । अध्यक्ष श्रेष्ठले समष्टीगत रुपमा बजेट समयअनुकुल आएको पनि टिप्पणी गरे ।