Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

कोरोना मत्थर लगत्तै मन्त्रीपरिषद हेरफेर हुने, फेरवदल प्रदेश मन्त्री पनि



काठमाण्डौं । कोरोना मत्थर लगत्तै मन्त्रीपरिषद हेरफेर हुने भएको छ । कोरोना मत्थर भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेरको तयारी गरिरहेको वालुवाटार उच्च स्रोतले बताएको हो ।

प्रधानमन्त्री ओलीले सन्चार मन्त्रालय र शहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्तीका साथै केही मन्त्रीलाई विदाई गर्ने तयारी गरेको समेत बताइएको छ । मन्त्रीपरिषद हेरफेरमा कम्तीमा ५ पुराना मन्त्री बाहिरिने छन ।

मन्त्री बन्नका लागि केही नेताहरुले अहिलेदेखि नै दौडधुप सुरु गरिसकेका छन । फेरवदल हुने मन्त्रीको नाम गोप्य राखिएको छ । प्रधानमन्त्री ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै माधवकुमार नेपालविच मन्त्री भागवण्डामा कुरा मिलिसकेको एक नेताले बताए ।

त्यसैगरि मुख्यमन्त्रीका साथै केही प्रदेश मन्त्री पनि फेरवदल हुने बताइएको छ । कार्यक्षमताका आधारमा मन्त्री छनौट हुने पनि ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्