Logo
१५ मंसिर २०७७
(Monday 30th November 2020)

दुईलाख करोड र बाबुकाे गाडधन



  • माेदी साहबकाे बीस लाख करोडौं राहत राशि घाेषणा गर्दा मलाई सानोमा पढेकाे एउटा कथाकाे याद अायाे ।

कथा यस्तो थियाे, कुनै एकादेशमा एउटा धनी जमीनदार बस्थ्यो, जमीनदारलाई कुनै कुराकाे पनि खाँचो थिएन, सबै कुराकाे प्रशस्तै थियाे, पैसा रूपया, धन सम्पत्ति, सबै थियोे, कुनै कुराकाे अपुग जमीनदारीसित थिएन ।


समय बित्दै गयाे जमीनदार अब बुढाे भईसकेकाे थियाे ।
उसलाई अब मेराे जीवनकाे अन्तिम दिन अाईपुगेकाे जस्तो लाग्दै थियाे, यसैले याे धनी जमीनदारले अाफनाे चार भाइ छाेराहरूलाई केही भनी राख्ने इच्छा भयाे ।

जमीनदारकाे चार छाेराहरू भने बाबुकाे सम्पत्तिमा मोजमस्ती गरिरहेका थिए, उनीहरू कुनै काम गर्दैन थिए, चारैजना अतिनै अल्छे थिए । बाबुकाे सम्पत्ति खाँदै बाँचिरहेका थियाे ।चारैजना छाेराहरू भेला गरेर जमीनदारले भन्न थाले, छाेरा हाे अब मेराे बिदाईकाे दिन नजिकै अाउदैछ, म कुनै दिन तिमीहरू देखि टाढा हुनसक्छु, यसैले तिमीहरूलाई केही धनकाे विषयमा बताई राख्नुपर्यो भनेर इच्छा भयाे ।
जमीनदारले अाफनाे बारीमा कतै एउटा गतिलाे गाडधन लुकाईराखेकाे छु, म मरेपछि तिमीहरूलाई जब दुख आइपर्छ, त्यतिबेला त्यो गाडधन खाेजेर चलाउनु भनेर भानिराखेकाे थियाे ।

केही दिन बादमा जमीनदार स्वर्गवास भयाे, छाेराहरू भने बाबुकाे धनमा खुब चैन गरिरहेको थियाे, यसरी चैन गरिबस्दा तिनीहरूले बाबुकाे धन खाईसके, तिनीहरूको अब दुखकाे दिन शुरू भयाे । दुख पाउन थालेपछि तिनीहरूले अाफनाे बाबुले लुकाईराखेकाे गाडधनकाे याद अायाे ।

तब चार भाई भेला भएर बाबुले लुकाईराखेकाे गाडधन खोज्ने सल्लाह गरे । तिनीहरूलाई बाबुले गाडधन कहाँ लुकाएर राखेकाे छ त्यो याद थिएन, तिनीहरूलाई बाबुले बारीभित्र मात्रै गाडधन लुकाएको भनेर भनिराखेकाे हुदा तिनीहरूले अब सबै बारी खनेर गाडधन खोज्ने सल्लाह गरे , तुरुन्तै दुखले गर्दा अत्तालिएर बारी खन्दै गाडधन खोज्न थाले, सबै बारी खनिसक्दा पनि बाबुले लुकाएको गाडधन पाउन सकेन ।

तिनीहरू थाकेर हैरान भएर बारीमा बसिरहेको थिए, त्यतिबेला त्यहीँ तिनीहरू बसिरहेको ठाउँमा एउटा बुज्रुग व्यक्ति अाईपुग्छ अनि समझाउन थाल्छ , तिमीहरूको बाबुले लुकाएको गाडधन पाउने हाे भने तिमीहरूले अझै मेहनत गर्नुपर्छ याे खनेकाे बारीमा अन्नबालीकाे उब्जनी गर्नुपर्छ र मात्रै तिमीहरूले गाडधन पाउनेछाैं । तिनीहरूले भनेकाे जस्तै गरे, केही महीनमा बादमा त्यो बारीमा छरेकाे अन्नबालीकाे उब्जनी राम्रो भयाे , फेरि त्यो चार भाईकाे जीवनमा सुख अायाे, अर्थात यसरी तिनीहरूले बाबुले लुकाएको गाडधन भेटायाे ।

अब माेदी साहबकाे दुई लाख करोड पनि यही कथा जस्तो हाेला, अब अाफै मेहनत गर स्वलम्बी अत्मानिर्भर बन, त्यो दुई लाख कराेड अब हाम्रै हातमा अाईपुगेकाे छ, जसले मेहनत गर्छ, उसले पाउँछ । अब हामी पनि शुरू गर्‍यो । अाखिरमा जीत परिश्रमीकाे हुन्छ ।

Ramesh Kirat writes

प्रतिक्रिया दिनुहोस्