Logo
११ असोज २०७७
(Sunday 27th September 2020)

कार्ल मार्क्स जन्मिएको २०० बर्ष पुग्नु अघि नेपालमा कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई



कार्ल मार्क्स जन्मिएको २०० बर्ष पुग्नु अघि नै नेपालमा कम्युनिष्ट पार्टीको ५ बर्षे आवधिक सरकार झण्डै दुई तिहाई बहुमत सहित सत्तामा आयो ।

कार्ल मार्क्स जन्मिएको लगभग एक सय वर्षपछि सन् १९१७ मा रुसी समाजवादी क्रान्ति सम्पन्न भयो । रुसी समाजवादी क्रान्ति सम्पन्न भएपछि पूर्वी युरोपका धेरै देशहरूमा समाजवादी क्रान्तिको लहर नै चल्यो । जर्मनी विभाजित भयो ( हाल एकिकृत )।  कोरिया आज पनि विभाजित अवस्थामा नै छ ( उत्तर र दक्षिण ) । आज विश्वमा केवल चार वटा देशमा कम्युनिस्ट शासन व्यवस्था छ ।

ई सं २०२० मे ५ मा कार्ल मार्क्स जन्मिएको दुईसय दुई वर्ष पुग्यो । यस अवधिमा नेपालमा थुप्रै कम्युनिष्ट पार्टीहरूले मार्क्सबादी भनेर आफूलाई मार्क्सबादी खेमामा उभ्याए । त्यसमध्ये वर्तमान सत्तारूढ पार्टी अग्रस्थानमा रह्यो । विश्वका दर्जनभन्दा बढी देशमा कम्युनिस्ट पार्टी सत्ताको लुछाचुँडीमा मस्त छन् । नेपाल लुछाचुँडीमा अग्रस्थानमा होला ।

कार्ल मार्क्सले दिएको विश्व दृष्टिकोणबाट नै संसारभर ठूलाठूला परिवर्तनकारी संघर्षहरू भयो, कतै सर्वहारा वर्गको जीत भयो, कतै हार्यो । तिनै कार्ल मार्क्सको विचारले संसारभर क्रान्तिको लहर नै ल्यायो । र नेपाल पनि अछुतो रहेन ।

नेपालमा पनि कम्युनिष्ट पार्टीको नाम गरेर सरकार आएको दुई बर्ष नाघ्यो, यो ५ बर्षे आवधिक सरकार हो तर यसमा कम्युनिष्टमा हुनुपर्ने कुनै गुण देखिएन । सरकार गठन भएदेखि हालसम्म मार्क्सबादी निति अन्तर्गत के के काम भए त ? सिवाय सत्ताको लुछाचुँडी बाहेक ?

बिसौं शताब्दीमा समाजवादी खेमाले पुँजीवादी खेमालाई त्राहीमाम बनाएको थियो । तर कम्युनिस्ट पार्टीभित्रै हुर्किएका गैरकम्युनिस्ट चरित्रले कम्युनिस्ट आन्दोलनलाई विघटनको दिशातिर लगे र पुँजीवादीहरूसँग आत्मसमर्पण गराए । अन्ततः समाजवादी खेमा शक्तिहीन र गतिहीन बन्न पुग्यो । कारण थियो जसरी मार्क्स र एंगेल्सले लेखेर भनेका थिए, त्यसरी मार्क्सवादी कार्यदिशा चरित्र अघि बढ्न सकेन ।

अहिले ठ्याक्कै त्यस्तै चरित्र नेपाली सत्तारूढ पार्टीमा देखा परेको छ । यसले कम्युनिष्ट सरकारले गर्नुपर्ने कुनैपनि काम गरेन र गर्ने संकेत सम्म पनि दिएको छैन । बरू पुँजीवादी चरित्र अन्तर्गत रहेर अपहरण, पार्टी फुटाउन सहज हुने कानून ( अध्यादेश ) ल्याउन उद्दत रहेको प्रष्ट देखिन्छ । भलै यो कार्यबाट तत्काल पछाडि हटेको छ र कम्युनिष्ट पार्टीमा ब्यक्ती हावी छ कि पार्टी त्यो भने हेर्न बाँकी नै छ ।

ई सं २००७ तिर देखिएको विश्वब्यापी मन्दीले कार्ल मार्क्सको त्यो भनाइलाई झनै सर्वस्वीकार्य पारेको छ । त्यसपछि विश्वमा बढ्दै गएको धनी र गरिबबीचको खाडल, अनि अब कोरोनाले निम्त्याएको महामारीका कारण विश्वमा सिर्जना हुने आर्थिक विश्रृङ्खलताा ले उनको भनाइलाई एक पटक फेरि सोच्न बाध्य पार्नेछ । यसै समयमा शेयर बजार उच्च दरमा ओरालो लाग्यो र आर्थिक झड्का व्यहोर्नुपर्‍यो । त्यसबेला संसारभरको अर्थ व्यवस्थामा अभूतपूर्व सङ्कट आयो । त्यो सङ्कटको धेरै उद्योगमा भन्दा वित्तीय क्षेत्रमा अधिक असर पर्‍यो भावी दिनमा यस्ता सङ्कट पुनः आइपर्ने निश्चित छ ।

पुँजीवादी अर्थ व्यवस्थाका पिता एडम स्मिथको ‘वेल्थ अफ नेसन’ को ठीक उल्टो कार्ल मार्क्सले बजारलाई चलाउनमा कुनै अदृश्य शक्तिको भूमिका नहुने स्पष्ट पारेका थिए । उनले त्यतिबेलै आर्थिक मन्दी बारम्बार आउने र यसको कारण पुँजीवादमा निहीत रहेको बताएका थिए । मार्क्सले पुँजीवाद पूर्ण रूपमा समाप्त नभएसम्म यस्तो अवस्था कायमै रहने उल्लेख गरेका थिए । यसबाट नेपाली कम्युनिष्टहरुले बेलैमा सोचेर आफु भित्रै रहेको गैर कम्युनिष्ट चरित्रलाई कारवाही गरेर शुद्धिकरण गर्नु जरूरी भैसकेको छ ।

कार्ल बिक्रम थापा
Email:- [email protected]

प्रतिक्रिया दिनुहोस्