Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

टेसला एयर कण्डिसन चितवनले १०० युवालाई रोजगारी दिने



चितवन । कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किने युवालाई टेसला एयर कण्डिसन चितवनले रोजगारी दिने भएको छ । महामारीले रोजगारी गुमाएर स्वदेश फर्किएका युवालाई एयर कण्डिसन टेक्निसियन अथवा हेल्परको रोजगारी दिने सो कम्पनीका सिइयो किरण आचार्यले बताए ।

सो कम्पनीले कम्तिमा १०० जनालाई तत्काल रोजगारी दिने पनि जनाएको छ । सिइयो आचार्यले मुलुकको जुनसुकै कुनामा रहेका नागरिकलाई दक्षता अनुसार रोजगारी दिने बताए । उनले रोजगारीका लागि ९७७, ९८०११६४३६७ मा तत्काल सिधा सम्पर्क गर्न पनि अनुरोध गरेका छन ।

कम्पनीले आवश्यकता अनुसार रोजगारीको संख्या थप्ने पनि जनाएको छ । उसले दक्षताका आधारमा रोजगारी दिइने विश्वत हुन सवैलाई आग्रह गरेको छ । टेसला एयर कण्डिसन चितवनको एक ख्याती प्राप्त कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्