Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

नेपाल भारत सिमा समस्याको कारक चीन भएको व्यवसायी झाको दाबी, तत्काल नेपाल भारत वार्ताको वातावरण बनाउन आग्रह



काठमाण्डौं । नेपाली मुलका चर्चित क्यानेडियन व्यवसायी आदित्य झाले नेपाल भारत सिमा समस्या तत्काल हल गर्नुपर्नेमा जोड दिएका छन । दिल्लीबाट काठमाण्डौ टेलिभिजनसँग कुरा गर्दै झाले पछिल्लो समय विवादित बनेको नेपाल भारत सिमा समस्या त्रिदेशीय भएको बताए ।

उनले कालापानी लिपुलेक लगायतको सिमा समस्याको मुख्य कारण चीन भएको जिकिर गरे । चिनियाँ सहमतिविना भारत सरकारले कालापानी, लिपुलेक मानसरोवर सडक बनाउन नसक्ने दाबी गर्दै झाले त्यसका लागि नेपाल भारत चीनको त्रिपक्षिय वार्ता हुनुपर्नेमा समेत जोड दिए ।

चीन पहिलो सिधा र दोस्रो अन्य देशसँगको मिलेमतोमा भारतलाई समस्या दिन खोजिरहेको समेत झाले आरोप लगाए । झाले भने त्यसकारण चीन भारतसँग जोडिएका अन्य मुलुकलाई उकास्दै छ । प्रतिस्पर्धी देशलाई आर्थिक रुपमा या सिमा समस्यामा दिने चीनको रणनीति भएको समेत व्यवसायी झाले तर्क गरे । विभिन्न वहानामा चीन दक्षिण एशियामा हाबी हुन खोजिरहेको समेत उनले बताए ।

छिमेकी मुलुकसँगको भारतको सम्वन्ध बिगार्न चीन उद्धत रहेको जिकिर गर्दै उनले भने त्यसको पछिल्लो उदाहरण सार्क देश पाकिस्तान, नेपाल, बंगलादेश र भुटान सिमा समस्यामार्फत चीन भारतलाई अप्ठारोमा पार्न खोजिरहेको छ । उनले भने यसमा नेपाल भारत दुवै देश सचेत हुनुपर्छ ।

उनले चीनसँग जोडिएका अन्य देशमा पनि सिमा समस्या रहेको बताए । पछिल्लो समय दोक्लाम सिमा समस्या पनि त्यसैको उपज भएको झाको जिकिर छ । सिमा समस्या आर्मी फोर्ससँग समेत जोडिने भएकाले नेपाल भारत तत्काल वार्ताको टेबुलमा बस्नु पर्नेमा उनले जोड दिए । सिमा समस्या भावनामा समेत जोडिने भएकाले यस्ता मुद्धालाई हल्का रुपमा लिन नहुनेको उनको जोड थियो । यस्ता मुद्धामा अन्य देशले समेत खेल्न सक्ने खतरा भएकाले सम्वन्धित देश समयमा नै सचेत हुनुपर्ने व्यवसायी झाको भनाई छ । उनले सिमा समस्या स्थायी रुपमा हल गर्ने बताए ।

भारत नेपालविचको सम्वन्ध परापुर्वकाल देखि नै रहेको बताउँदै झाले भने नेपाल भारतको सम्वन्ध भावनात्मक सम्वन्ध हो, म भन्छु वार्ताको टेबुलमा बस्ने वित्तिकै हल हुन्छ । कालापानी लिपुकेक समस्या निकै पुरानो समस्या भएको बताउँदै उनले भने यो उहिल्यै सुल्झानु पर्ने, जति ढिला भयो त्यत्ति नै बल्झिदै जाने धारणा राखे । चीन एशियन मुलुक आफनो पक्षमा होस भन्ने चाहन्छ, त्यसमा उसका लागि भारत समस्या हो, त्यसकारण यस्ता समस्या अझै आइरहन्छ । आ आफना डकुमेन्ट बोकेर वार्तामा वसे समस्या सुल्झिन समस्या नलाग्ने उनको दाबी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकै नजिक रहेका नेपाली मुलका चर्चित क्यानेडियन व्यवसायी झाले भने प्रमाणसहित वार्तामा बस्यो समस्या हल हुन्छ । नेपाल भारतको दाजुभाईको जस्तो सम्वन्ध भएको बताउँदै झाले भने नेपाल भारतविचको ठुलो व्यापार सम्वन्ध समेत जोडिएको छ, नेपाल भारत एक अर्काका परिपुरक जस्तो भएकाले यस्ता समस्या राखेर अन्य देशलाई खेल्ने मौका दिन नहुनेमा समेत जोड दिए ।

नेपाललाई भारतले अत्यन्तै माया र सहयोग गर्ने बताउँदै झाले भने उच्चस्तरिय संयन्त्र बनाएर सिमा लगायतका समस्या सुझाउन समेत सुझाव दिए । आवश्यक परे नेपाल भारत समस्या सुल्झाउन भुमिका खेल्न समेत तयार रहेको उनको भनाई छ । विवादित भुमिलाई व्यवसायीक रुपमा समेत उपयोग गर्न सकिने उनको भनाई छ ।

लिपुलेक नेपाल र तिब्बत, चीनको सिमामा रहेको भञ्ज्याङ हो । यो नेपालको भुमि भएपनि भारतको कब्जामा छ ।

प्रतिक्रिया दिनुहोस्