Logo
११ असोज २०७७
(Sunday 27th September 2020)

कुटनीतिक पहल गरि नेपाली भुमि फिर्ता ल्याउन उद्योगी व्यवसायी सुमार्गीको माग



काठमाण्डौं । उद्योगी व्यवसायी अजेयराज सुमार्गीले सिमा समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन । काठमाण्डौं टेलिभिजनसँग कुरा गर्दै उद्योगी सुमार्गीले तत्काल कुटनीतिक पहल गरि नेपालको भुमि फिर्ता ल्याउनु पर्ने बताएका हुन । गंभिर विषय भएकाले विश्व समुदायबाट दबाब दिएर पनि नेपाली भुमि फिर्ता ल्याउन सकिनेमा उनले जोड दिए ।

कालापानी लिपुलेक लगायत जति सिमा समस्या छन तत्काल सुल्झाउनु पर्ने उनको जोड छ । उनले भने एक टुक्रा नेपाली भुमि छोडन सकिदैन । देश जति नै सानो ठुलो भएपनि हैसियत समान हुने भन्दै व्यवसायी सुमार्गीले भने सम्मान समान हुन्छ ।

जस्तो सुकै अवस्था आएपनि मुलुकको भुमि कुनै पनि हालतमा छोडन नसकिने उनले स्पष्ट पारे । अहिलेको अवस्था दबाब र कुटनीतिक पहल दुवै अवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्