Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

नेपालका केही भुभाग भारतलाई यसरी दिउँ लिजमा : सुजाता कोइराला



काठमाण्डौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालका केही भुभाग भारतलाई लिजमा दिन सकिने बताएकी छिन । काठमाण्डौ टेलिभिजनसँग कुरा गर्दै कांग्रेस नेतृ कोइरालाले नेपालको भुमि भारतलाई लिजमा दिएर व्यापार गर्न सकिने बताएकी हुन । उनले भनिन लिपुलेक लगायतका भुभाग पनि लिजमा दिँउ व्यापार गरौं ।

मेरो यो प्रस्ताव हो, उनले भनिन । देशका अन्य त्यस्ता थुपै भुभाग छन भारतलाई लिजमा दिएर व्यापार गर्ने ठाउँ । भारतलाई नेपाली भुभाग लिजमा दिने वारेमा विवाद गर्नु नहुने समेत उनले बताइन । नेतृ कोइरालाले आफनो यो धारणाको आलोचना भएपनि कुनै फरक नपर्ने स्पष्ट पारिन । विवादमा आएर केही नहुने कांग्रेस नेतृ कोइरालाको भनाई छ ।

कालापानी, लिपुलेक लगायतका नेपाली भुमि भारतले जवरजस्ती मिचेको भन्दै सडक र सदनमा विरोध भइरहेका वेला कांग्रेस नेतृ कोइरालाको यस्तो विवादास्पद अभिव्यक्ति आएको छ । विवादित नेतृको छवि भएकी कोइराला यस्ता अभिव्यक्तिले वारम्वार विवाद आउने गरेकी छिन ।

केही समयअघि उनी आफनो सम्पत्ती विक्रि वितरण गरेर विदेश पलायन हुने चर्चा समेत आएको थियो ।

प्रतिक्रिया दिनुहोस्