Logo
०५ असोज २०७७
(Monday 21st September 2020)

यो देश बचाउने नागरिकले हो नेताले होइन …



पाखण्डी राष्ट्रवादको अलाप बिलाप प्रलाप रोकौ र ब्युझौ .
यो देश बचाउने नागरिकले हो नेताले होइन …
जुन दिन चाक्सिवारिमा चन्द्रशेखरको स्वागत भयो जुन दिन यूरोपियन अमेरिकनको रोहबरमा नारायणहिटी ढाल्ने र देशको स्वाधिनता र सार्वभौमसत्ताको साँचो दिल्ही दरवार मा बुझाउने १२ बुंदे सम्झौता भयो त्यही दिन देखि नेपालको अस्तित्वको चिर हरण गर्ने प्रकृया सुरु भयो जे देखिएको छ यो शुभारम्भ मात्र हो …
कसले लडाई रहेछ हामि लाइ जात् धर्म क्षेत्रीयता अनि बाद र दल दलको भासमा पुर्याई रहेछ ?
किन कसले आज नेपाली लाइ उग्र भारत बिरोधि उग्र चिन बिरोधि लडाइमा होमी रहेछ ?किन र कसरि हाम्रो कुटनैतिक स्तर दुवै छिमेकीको अविस्वाससिलो बनि रहेको छ ?किन दुवै छिमेकी देश नेपाल मार्फत आफ्नो सुरक्षा खतरा महसुस गरि रहेछन ? किन दुवै छिमेकीले नेपालको गरिमा र मर्यादा र सम्मान लाइ बेवास्ता गरि रहेछन ?हामि के कारणले हेपिएका हौ ?चिरफार गरौ …
तसर्थ नेपालको एकता स्वाधिनता सार्वभौमसत्ताको बिरुद्ध लाग्ने नेपाली नागरिकता बोकेका तर विदेशीका खेताला र माफियाका मतियार बनेका वर्तमान नेतृत्व बर्ग जसलाई यूरोपियन अमेरिकन र भारतले कथित्स्था लोकतन्त्रको नाममा आआफ्नो अभिष्ट पुरा गर्ने लक्ष र उदेश्यले स्थापित गराई दिएको हो उनि हरुलाइ काँधमा बोकेर भारतको बिरोध गर्नु हाम्रो मुर्खता होइन र ?
पहिले देश भित्रका विदेशीका एजेन्डा बोकेका राष्ट्रदोही हरु लाइ दण्डित गरौ अनि हामि लाइ विदेशीले हेप्न सक्दैन ,अहिले देखिएको बर्षातको खहरे जस्तो कथित् राष्ट्रबादी भेलले न त् हाम्रो सीमाको रक्षा हुन्छ न त् छिमेकी लगायत अन्य देशले हेप्न छोड्छन् पहिलो १२ बुंदे मार्फत बन्धकी परेको हाम्रो स्वाधिनता र सार्वभौम अस्तित्व लाइ फिर्ता लेराउन सो सम्झौता खारेज गर्न आन्दोलन गरौ र सो सम्झौता गर्ने विदेशीका एजेन्डा बोक्ने नेपाली कथित नेतृत्व बर्ग लाइ दण्डित गरौ… अनि मात्र हाम्रो इज्जत रहन्छ हाम्रो सिमा सुरक्षित रहन्छ …
प्रतिक्रिया दिनुहोस्