Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

Covid19 pandemic ले पर्यटन क्षेत्रमा पारेको असर, चुनौती तथा नयाँ सम्भावनाहरू:




रामचन्द्र भट्टराई

कोभीड १९ को विस्वब्यापी महामारीले मानबजीवन नै त्रासदीपूर्ण अबस्थामा पुर्याएकोछ! आज मानिस अर्को मानिस सँग सदभावपुर्ण तवरले नजिक बस्न समेत त्रसिद बन्नपुगेको छ ! स्वास्थ्य क्षेत्रमा देखिएको भय र त्रास ले गर्दा अबको केहि समय मानिसहरू भ्रमण गर्न सुरक्षित महसुस गर्दैनन्!

अब बिस्व बजारमा New Normal Condition को बातावरण/ अवस्थमा फर्कन हामी सबैले आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउनु पर्दछ यो अबको सामुहिक दायित्व हुनेछ र त्यसकालागि हामी सबै तयार रहनुपर्नेछ ! WTTC को तथ्याँक अनुसार पर्यटन उध्योगले विश्व GDP मा १०.३%  को योगदान गरेकोछ ! पछिल्लो पाँच बर्षमा प्रत्येक नयाँ ४ रोजगारी मध्य १ रोजगारी पर्यटन क्षेत्र बाट भएको तथ्य छ !

सन्२०१९ मा मात्रै पर्यटन क्षेत्रको  प्रत्यक्ष तथा अप्रत्यक्ष असरबाट विस्वको GDP मा ८.९ ट्रिलीयन अमेरिकी डलर को योगदानरहेको थियो! सन् २०१९ मा  बिस्वभर ४.३ मिलियन मानिसहरूले यात्रा गरेका थिए र यो सङ्ख्या अझ बढ्ने क्रममा थियो!

तर अकस्मात आएको Covid19 ले बिस्व लाई नै Stand-still Mode मा ल्याई चुनौती नै चुनौतीहरु माझ खडागरी दियो ! योकोविड१९ ले स्वास्थ्य अर्थतन्त्रमा एकैसाँथ समस्याहरु को चंगुल ल्याएको हुँदा Global Economic Recession मा जानेछ ! यी चुनौतिहरुको सामना गर्न महाशक्ति, शक्ति रास्ट्रहरुले संयुक्तरुपमा पक्कै tackle गर्नेछन् !

नेपालले आफ्नो परिबेषमा पूर्वअर्थमन्त्रीहरु, पूर्व गभर्नरहरु, अर्थविदहरु निजी क्षेत्रका प्रतिनिधिहरुको एउटा बलियो Teamबनाएर रायसुझावहरु लिई अल्प-कालिन, मध्य-कालिन तथा दीर्घ-कालीन विशेषनिति तथा योजनाहरु ल्याई अर्थतन्त्र लाई आत्मनिर्भर अर्थतन्त्र उन्मुख गराई चलायमान बनाउन पहलकदमी चाल्नुपर्दछ!

पर्यटन क्षेत्र लाई किन विशेष सहयोग गर्नुपर्ने?

अहिले विस्वमा सबै भन्दा Hardest-Hit Industry भनेकोनै पर्यटन व्यबसाय भएको तत्य सबैलाई अबगत छ! नेपालको पर्यटनक्षेत्रले बिगत दुईदशक भन्दा बढी समय देखि माओवादी शसस्त्र द्वन्द्व, राजनैतिक अस्थिरता, कमजोर सरकार, २०७२ को विनासकारी महाभूकम्प, भारतीय अघोषित नाकाबन्दी, हिम-पैह्रो जस्ता धेरै उतारचडाबको मारबाट थलापरि ICU मा पुर्याएकोकतीलाई बाध्यभै बिदेश पलायन बनाएको यथार्थ सबैसामु घामझैँ छर्लङ्ग छ ! त्यसमाथि अहिले Covid19 को असरले धेरै लामोसमय सम्म उठ्नै नसक्ने गरी मर्माहत मात्रै होइन मृत्युसैया मा पुर्याएको छ !

विस्व बजारमा ३३०मिलियन मानिसहरु पर्यटन क्षेत्रको रोजगारीमा आबद्ध छन् ! यो महामारीले पर्यटन क्षेत्रबाट धेरै ठुलो संख्यामा बेरोजगार बनाउने श्रींखला शुरु भैसकेकोछ! पर्यटन क्षेत्रमा परेको गहिरो असर बाट अन्य धेरै स-साना, मझौला तथा ठुला-ठुला उध्योग, कल-कारखानाहरु देखि कृषि क्षेत्रमा आधारित कृषकहरु लाई प्रत्यक्ष असर पारेकोछ! हवाई क्षेत्र, यातायात क्षेत्र सबैलाई गम्भीर असर पारेकोछ! यो सबैक्षेत्रको असर अब बिस्तारै बैंक तथा बैंकिंग क्षेत्रमा समेत पुग्नेछ! अन्ततः ठुलो संख्यामा रोजगारी गुम्न्ने तथा राजस्व सङ्कलनमा हुने ठुलोक्षति बाट सरकारलाई समेत ठुलो संकट पार्नेछ!

अन्य धेरै क्षेत्रका ब्यवसाय लकडाउन पस्चात आ-आफ्नो ब्यवसाय संचालन भइ केहि हद सम्मको पुर्व अवस्थामा फर्कन धेरै समय लाग्दैन ! तर पर्यटन क्षेत्र का होटल, रेस्टुराँन्ट, ट्राभल टुर, ट्रेकिंग, हवाई सेवा लगायतको ब्यवसाय लाई आफ्नो पुर्ववत अवस्थामा आउनका लागि निकै लामो समय पर्खिनु पर्ने निश्चित प्राय: छ !

अब संकटको सामना गर्दै win-win मा कसरी लाग्ने ?

सर्वप्रथम पर्यटन उध्योग लाई Survival Mode मा राख्नका लागि सरकारले अल्प-कालिन सहयोग शुरु गरिहाल्नु पर्दछ! सन् २०२१ लभग पुरै समय Revival Mode मा रहने निस्चित प्राय: छ! Lockdown खुकुलो भएपनि जब सम्म New Normal Condition वा वातावरणा सृजना हुदैन तव सम्मका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट हवाई सेवा सुचारु हुने छैनन्! एउटा महत्वपूर्ण कुरा के छ भने पर्यटन क्षेत्रलाई जीवन्त राख्दै चलायमान बनाउन नितान्तआबश्यक किनकी पर्यटन उध्योग को Ferris Wheel लाई चलायमान गराउन सके मात्र अन्य सबै साना, मझौला, ठुलाउध्योगहरु, कल-कारखाना,कृषि क्षेत्र तथा यसको byproducts, हवाईक्षेत्रका ब्यबशाय, यातयात लगायत धेरै ब्यबशायहरु आ-आफ्नो परिधि र क्षमता अनुसार चलायमान भई  राजस्व तथा रोजगारीमा निकै राम्रो टेवा पुग्दछ! फलत: यसले देशको अर्थतन्त्र लाई राम्रो सहयोग पुर्याउने छ!  

यसर्थ यो क्षेत्र लाई जीवन्त राखी अर्थतन्त्रलाई मजबुत बनाउन पर्यटन क्षेत्रका ब्यबशायी लाई कम्तीमा २.५ बर्ष पछीमात्रभुक्तानी गर्ने गरी हाल बिद्धमान साँवा तथा ब्याज लाई सहजिरुपमा तिर्न मिल्ने गरी पुनर्तालिकिकरण गर्नुपर्दछ ! यसको ब्याज सरकारले Lowest-single-digit कायम गरी सहजीकरण गरिदिनु उपयुक्त हुनेछ ! पर्यटन क्षेत्रमा कार्यरत जनशक्ति लाई सम्बोधन हुने गरी विशेष राहत प्याकेज यथाशिघ्र ल्यानु पर्दछ!  पर्यटन उध्योग लाई जीवन्त राख्दै अगाडी बढ्न आवश्यक चालुपुँजीका लागि अतीसुलभ ब्यांजदरको थप ऋण उपलब्ध गराई अर्थतन्त्र लाई चलायमान बनाउने तर्फ तत्काल कार्य गर्नु नितान्त जरुरी!

बैदेशिक रोजगारीबाट बिदेशी मुद्रा आर्जनमा नेपालको अर्थतन्त्रमा ठुलो योगदान दिरहेको बैदेशिक रोजगारी पनि समस्यामा परिसकेको छ! यसको थप असर लकडाउन खुकुलो भएपछी पक्कै देखापर्नेछ! जस बाट एका तर्फ ठुलो बिदेशी मुद्रा आर्जन गुम्नेछ भने अर्को तर्फ बेरोजगारको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि हुनेछ !

कृषिमा आधारित कृषि तथा कृषिजन्य by-products का उत्पादनहरु बढाई परनिर्भरता बिस्तारै कम गर्दै लैजानु पर्दछ ! यस बाट एका तर्फ कृषि तथा कृषिजन्य पदार्थ आयत गर्दा विदेशिने मुद्रा सन्चित गर्न सकिन्छ भने अर्को तर्फ ठुलो सङ्ख्यामा रोजगारी सृजना गर्न सकिन्छ!

बैदेशिक रोजगारीबाट फर्कने un-skilled, semi-skilled जनशक्तिलाई आबश्यकता पहिचान गरी CTEVT तथा निजीक्षेत्रको सहकार्यमा प्राबिधिक शिक्षा तथा ट्रेनिङ दिलाई दक्ष् जनशक्ति तयार पारी आफ्नै ब्यबशाय गर्न वा स्वदेशमा नै रोजगारीका लागि प्रोत्साहन गर्नु पर्दछ !यस्तो कार्यबाट सामाजिक सदभाव, शान्ती तथा सु-ब्यबस्था कायम हुनगई सबल समाज तथा देशमा सम्वृद्धि ल्याउन मद्दत पुग्दछ!

पर्यटन उध्योगी, ब्यवशायीहरु को भूमिका के हुनु पर्नेछ ?

विस्वब्यापी New Normal Conditions को वातावरण तयार पार्न वा बनाउन नेपालको पर्यटनक्षेत्रले नयाँ प्रबिधि, स्वास्थ्य-शुरक्षा, तथा hygiene factors आदिमा विशेष निति तथा बिधिहरु अपाउनुपर्ने हुन्छ! नेपालको पर्यटन उध्योग लाई जीवन्त राख्दै नयाँ उचाईमा पुर्याउन उच्च मनोबल, दृढता, नबिन विचार र लक्ष्य सहित पहिलाभन्दा extra-mile हिड्नुपर्ने हुन्छ! पर्यटन क्षेत्रबाट आर्जित हरेक १०० अमेरिकी डलर मा अहिले बढी भन्दा डलर बढी विदेश तर्फ जाने ट्रेन्ड रोक्न हामीले आ-आफ्नो तह बाट सर्वप्रथम कृषि क्षेत्र बाट उत्पादन बढाई शुरुआत गर्नुपर्दछ!

अन्तरास्ट्रिय बजारमा हवाई सेवा सुरुवात सँगै मन्दगतिमा सुरुहुने पर्यटन क्षेत्र बाट लाभ लिनका लागि पर्यटक को बसाई लम्ब्याई आय वृद्धि गर्न सकिन्छ जसका लागि पर्यटन क्षेत्रमा नयाँ-नयाँ गन्तब्य स्थलहरु थप गंर्नुपर्ने देखिन्छ!

सरकार र पर्यटन ब्यबशायीको सहकार्यमा तत्काल लकडाउन पश्चात् नयाँ पद-मार्गहरु को पहिचान र निर्माण, सांस्कृतिक तथा धार्मिक स्थलहरु जाने मार्ग तथा हाल जीर्ण अवस्थामा रहेका पद-मार्गहरुको मर्मद साथै उक्त स्थानहरुमा उपयुक्त आराम र बिश्राम स्थलहरु निर्माण गर्नुपर्दछ ! यस कार्य बाट भोलिका दिनमा विस्वबजारको लागि आबश्यक गुणस्तरीय सुबिधा प्रदान गर्न सकिन्छ!

आन्तरिक पर्यटन लाई पुर्नजीवन दिन विशेष प्याकेजहरु बनाई प्रबर्द्धन गर्नुपर्दछ! पर्यटन क्षेत्रमा हाल विद्धमान १३% मू.अ.क. को सट्टा पर्यटन क्षेत्रमा बिक्री कर भनेर (तल्लो सिंगल डिजिट) मा फिर्ता नहुने गरिलिदा उचित हुन्छ जस्तो लाग्दछ! तर यस बिषयमा सरकारले गहन अध्ययन गरी निर्यण लिनुपर्ने हुन्छ!

आन्तरिक पर्यटन:

आन्तरिक पर्यटन लाई पुर्नजीवन दिन सरकारले आफ्ना कर्मचारी तथा बैंक वित्तीय क्षेत्रका कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिनुपर्दछ! सरकारले भ्रमण बर्ष २०२० को लागि छुट्याएको बजेट लाई आन्तरिक पर्यटन पुर्नजीवन तथा प्रबर्द्धनमा खर्च गर्नु नितान्त आवश्यक छ!

अत्यावश्यक काम बाहेक भ्रमण को लागि मात्र विदेश जाने कार्य कम्तीमा बर्ष १ बर्ष का लागि रोक्नु उपयुक्त हुन्छ! अनावश्यक विदेश भ्रमणमा सरकरी कर्मचारी लाई समेत रोक लगाउनु पर्दछ! होटल तथा अन्य पर्यटकीय प्रडक्टस हरुमा बिषेश छुट दिई प्रबर्द्धन गर्नुपर्दछ! पर्यटन क्षेत्रका मुख्य मुख्य प्रमुख स्थलहरु लाई सडक संजाल को विस्तार तथा स्तरोन्नती गरी यात्रा लाई सहज बनाई पर्दछ! काठमाडौं-पोखरा, पोखरा-लुम्विनी सडक को निर्माण कार्य यथासक्य छिटोथाल्नु पर्दछ! यस कार्य बाट रोजगारी वृद्धि तथा पर्यटक को अती नै महत्वपपुर्ण पूर्वाधारतयार भई भोलीको आबश्यकता समेत परिपुर्ती हुनेछ!

निर्माण कार्य हरु:

सरकारले सडक सन्जाल, निर्माणाधीन पोखरा विमानस्थल तथा एयरपोर्ट बाट शहर जोड्ने सडक तथा पुलहरू, भैरहवा विमानस्थलको निर्माण कार्य सम्पन्न गरि रोजगारी वृद्धि तथा पूर्वाधार बिकास सँगै लान सकिन्छ !

धार्मिक पबित्र पर्यटकीय स्थलहरु जस्तै मुक्तिनाथ मन्दिर मा जाने केवल कार निर्माणका लागि सम्भाब्यता अध्ययन गर्न सकिन्छ! नयाँ पद-मार्ग पहिचान तथा निर्माण, पुराना र जिर्णोद्वार अबस्थामा रहेका पद मार्गहरुको स्तरोन्नति गर्नु पर्दछ!

२०७२ को विनासकारी महाभूकम्पले क्षति पुर्याएको महत्वपूर्ण स्थान हरुको छिटो भन्दा छिटो पुर्नर्निर्माण कार्य गरी एका तर्फरोजगारी प्रदान गर्न सकिन्छ भने अर्को तर्फ पूर्वजहरु बाट बरदान स्वरूप प्राप्त हाम्रो ऐतिहासिक धरोहर पुन खडा गरी पर्यटन को महत्व पूर्ण धरोहर लाई जीवन्त राख्दै हाम्रो परम कर्तब्य पुरा गर्न सकिन्छ!

Covid19 असर पछिको पहिलो बजार कहाँ खोज्ने?

WHO को सल्लाह तथा Covid19 को असर लाई मध्य नजर गर्दै भोलिको पहिलो अन्तर्राष्ट्रिय बजार कुन होला ?

नेपालको पर्यटन बजार का लागि पहिलो गन्तब्य नै चीन हुनेछ! Covid19 को कुनै पनि असर नपुगेको तथा अत्यन्तै कम असर भएका चीनका शहरहरु नेपालको अन्तर्राष्ट्रिय बजार बन्नेछ! श्रीलंका पर्यटन बजारको लागि दोस्रो बजार को स्रोत बन्न सक्दछ! Covid19 बाट अती कम प्रभावित भारतका केहि शहरहरु अर्को बजार स्रोत बन्न सक्नेछ! सन् २०१८ मा बिस्वब्यापी रुपमा ४.४ बिलियन पर्यटकले विदेश भ्रमण गरेको तत्य छ जुन बढ्ने क्रम मा थियो! सन् २०१८ मा मित्र राष्ट्र चीन बाट मात्रै १४९.७२ मिलियन चाईनीज पर्यटकहरु  विस्व भ्रमण गरेका थिए! जुन अघिल्लो बर्ष को तुलनामा १४.७% ले वृद्धि भएको थियो!

त्यस्तै मित्र राष्ट्र भारतमा सन् २००३ मा ६.७१ मिलियन बिदेशी पर्यटन आएका थिए! यो सङ्ख्या सन् २०१८ मा वृद्धि भई २८.८७ मिलियन पुर्याउन भारत सफल भएको थियो जुन लगभग ५ गुणाले वृद्धि हो! जसमा १५ लाख अमेरिकी र १० लाख बेलायती पर्यटकहरु थिए! अत: यस तथ्यांकले के बुझ्न सकिन्छ भने नेपालले सिधै नेपाल आउने पर्यटक बाहेक भारत भ्रमण गरी फर्कने अमेरिकी. बेलायती तथा अन्य देशका पर्यटक लाई समेत लक्षित् गरी पर्यटन प्रबर्द्धन गर्नु पर्दछ!

सरकार, उध्योगी व्यवसायी, कृषक, बैंकर्स, डाक्टर, एन्जिनीयर्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, श्रमीक, पत्रकार , संचारकर्मी तथा आम जनसमुदाय मिली यो महासंकट को महाचुनौनी को एकजुट भई सामना गरौ! हामी अवस्य सफल हुने छौ!

#StayHome #SocialDistancing #SaveLives#SavingLivelyhoods

#TravelTomorrow

Ramchandra Bahadur Bhattarai
Owner of Da Yatra Courtyard Hotel
Lakeside, pokhara, Nepal

 

प्रतिक्रिया दिनुहोस्