Logo
११ असोज २०७७
(Sunday 27th September 2020)

जर्मनीमा अहिले कोरोना ०.६५ प्रतिशत



जर्मनीवाट दिपक धिताल

जर्मनी । जर्मनीमा अहिले ०.६५ प्रतिशत छ । यो भनेको १०० जना संक्रमितले ६५ जनालाई सार्न सक्छ भनेको हो । यो दर घटिरहेको छ । केहि गरी बढेर १.३ मा पुग्यो भने २ महिनाभित्र स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुने बैज्ञानिकहरुको चेतावनी छ ।

जर्मनीको एक विश्वविद्यालयको खोज अनुसन्धान पछिको प्रतिवेदनले भनेको छ की, देश भित्र करिब २० लाख मानिस संक्रमण भएको हुन सक्छ । अहिलेसम्म करिब ३० लाख जनामा परिक्षण भएको छ ।

जसमा करिब १ लाख सत्तरी हजारमा पोजिटिभ देखियो । १ लाख ४० हजार निको भैसके । ७,३०० को मृत्यु भयो । करीब २ हजार जना गम्भीर अवस्थामा छन । निको हुने दर ८३.१ छ भने मृत्युको दर ४.३ % छ । तत्कालिन अवस्थामा कोरोना केश २१ हजार १ सय जनामा छ ।

जर्मनीमा गत सोमवारबाट प्रतिबन्धहरु हटाईएका छन् । यद्यपि कोरोना पुर्वको जस्तो पुर्ण खुल्ला हैन । दुरी कायम गर्नेदेखि सबै सुरक्षाको विधी अवलम्बन गर्नुपर्छ । मास्क अनिवार्य छ । होटल तथा रेष्टुराँ अझै बन्द छन् । पर्यटकिय क्षेत्रहरु खोलाउने कार्य हुदैछ, खुलियक्या छैन । स्कुलहरु केही खुल्यो ।

जर्मनीमा मे १६ बाट कोरोनाले स्थगित भएको बुन्डेसलिगा ( जर्मनीको फुटबल लीग ) पुन: सुरु हुने भएको छ । रंगशालामा बिना दर्शक खेल खेलाईनेछ । यो सिजन जुन सम्ममा सक्नुपर्ने हुन्छ ।

दुरी कायम नगरेमा र सजग नभएमा दोश्रो चरणको कोरोना फैलावट हुन सक्ने चेतावनी Robert Koch Institut ले दिएको छ ।

जर्मनहरु कोरोबाट डराएका थिएनन् तर यहाँको सरकारी नियमको पालना गरेर आज यति चाँडै र अरुको तुलनामा कम क्षतिका साथ फैलावटलाई नियन्त्रणमा लिन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्