Logo
११ असोज २०७७
(Sunday 27th September 2020)

बुद्ध जयन्तीको अवसरमा ध्याङ गुठीद्धारा राहत वितरण




काठमाडौं । बुद्ध जयन्तीकाे अवसर पारेर बाैद्ध तथा मेलम्ची ध्याङ गुठीले रहत वितरण गरेको छ । गुठीले काठमाडौकाे बाैद्ध क्षेत्रमा रहेका मजदुर, असाहाय र विपन्न परिवनरलाई राहत वितरण गरिएको हाे ।

दैनिक ज्याला मजदुरी गर्ने र काेठा भाडामा बस्ने एक सय सत्तरी परिवारलाई खाद्यान्न वितरण गरिएको गुठीका प्रबन्धक नवीन बज्र लामाले बताए ।

बाैद्ध स्तुपाका प्रमुख संरक्षक परमपुज्य अाैतारी धर्म गुरू, चिनियाँ लामा भुपति बज्रलामाकाे सहयाेगमा गुम्बाकाे तर्फबाट राहात वितरण गरिएकाे गुठीका सल्लाह अानन्दु लामाले जानकारी दिए । धर्म गुरूकाे तर्फबाट खाद्यान्न अभाब भएर काेही पनि भाेकै नपरून भनेर रहात वितरण गरिएको सल्लाहकार लामाले बताए ।

धर्म गुरूकाे सहयोगमा गुठीका सल्लाहकार, विशनकुमार लामा, अानन्दु लामा र गुम्बाका लामाहरूकाे सकृयतामा राहत वितरण गरिएको हाे । बाैद्ध स्तुपामा विशेष उल्लासकाे साथ बुद्ध जयन्ती मनाउने गरिए पनि यश वर्ष भने ध्याङ गुठीले स्तुपा परिसरमा एेतिहाँसीक बुद्धकाे मुर्ति परिक्रमा गराएर सिमित लामाकाे उपस्थितिमा नित्य पुजा गरेर मनाइएकाे छ ।

प्रत्येक वर्ष बुद्ध जयन्तीकाे दिन ध्याङ गुठीद्धारा कास्यब बुद्ध दुर्लभ अस्तु प्रर्दशन र दर्शनार्थ राखिने गरिएकाेमा यश वर्ष भने राखिएन । विश्वकाे एकमात्र चिन्ता मणिकाे रूपमा रहेकाे बाैद्ध मार्गीहरूकाे अस्थाकाे केन्द्र बाैद्ध स्तुपाकाे हरेक साँस्कृतिक पर्व र नित्य पुजा ध्याङ गुठी द्धारा गरिने परम्परा छ ।

लकडाउनकाे कारण यश वर्ष सिमित लामा र स्थानीयकाे उपस्थितिमा मात्र बुद्ध जयन्ती मनाईएकाे गुठीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्