Logo
०४ कार्तिक २०७७
(Tuesday 20th October 2020)

अब मलाई जवाफ दिनुहोस् कि तपाईं कसरी कम्युनिष्ट ?




भरखरै समाचारहरूमा प्रकाशन भएको छ नेपाली तरकारी बजारको अभावमा बारीमै सुक्यो, कुहियो अर्को तिर छिमेकी मुलुक भारतबाट लकडाउनमा मात्रै अर्बौं रुपैयाँको तरकारी भित्रीयो, एकातिर खडेरी अर्कोतिर बाढी, दुवैले नास गर्छ ।

कम्तिमा कम्युनिष्ट पार्टीको सरकार रहेको अबस्थामा यो खाडल देखिन्न कि भन्ने आशा तुषारापात भएको छ । ( अब मलाई जवाफ दिनुहोस् कि तपाईं कसरी कम्युनिष्ट ? ) कम्युनिष्ट शब्दको तात्विक अर्थ के ?
सबै समस्याको जड पुँजीवादी (नाफा लिने) विश्व र निजी सम्पत्ति हो। यसले श्रमशक्ति अर्थात् मजदुरहरूलाई बाँच्न पुग्ने मात्रै तलब दिएर शोषण गर्छ र सीमित मालिकहरूलाई झन्झन् धनी बनाउँदै लैजान्छ, सत्ता र शक्तिको अधिकार दिइरहन्छ ।

त्यसैले सबै प्रकारका निजी सम्पत्ति उन्मूलन हुनुपर्छ, प्रत्येक सदस्यले स्वामित्व महसुस गर्ने खालको सम्पत्तिमा सामूहिक व्यक्तिको हक हुनुपर्छ।
हामीकहाँ निजी र सामुदायिक गरी दुइटा शिक्षा, दुइटा स्वास्थ्य चलिरहेकै छ। उत्पादन प्रणाली मूलतः टुक्राटुक्रामा बाँडिएको जमिन र परम्परागत कृषिमा आधारित छ, तर राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भन्सार, वैदेशिक ऋण र कर लगायत बनेका छन् ।

राष्ट्रिय उत्पादन बढाउनुपर्ने युवाको ठूलो संख्या पुँजीवादी व्यवस्थालाई सघाउन बिदेसिन बाध्य छ । पुँजीवाद उन्मुख व्यवस्था मा उभिएर हामीले समाजवाद उन्मुख संविधान लेखेका छौँ । अब जाँदैछौँ कता, पुग्छौँ कहाँ ?
राष्ट्रिय उत्पादन अर्थात् नाफा बढाउन हामीसँग कस्तो योजना छ ?

हामीले कसलाई नाफा हुनेगरी काम गरिरहेका छौँ ? आज हामी हिँडेको बाटोले धनी र गरिबबीचको खाडल बढाउँदै छ कि घटाउँदै ? हाम्रो कला–संस्कृति, साहित्य, शासकीय नीति, विचारधारा माटोमुखी उत्पादन मौलिक छ कि नव–उपनिवेशीवादले निल्दैछ ?

अर्थात आन्तरिक उत्पादनलाई नाश गरेर बिदेशी (तरकारी) बस्तु आयात गर्न बाध्य पार्ने नितिलाई मैले नव उपनिवेशवाद भनेको छु र त्यसलाई टेवा पुग्ने गरी सञ्चालित सरकार कुनै पनि हालतमा कम्युनिष्ट पार्टीको सरकार हुन सक्दैन ।
कार्ल बिक्रम थापा
Email:- [email protected]

प्रतिक्रिया दिनुहोस्