Logo
११ असोज २०७७
(Sunday 27th September 2020)

बाैद्ध स्तुपामा बुद्ध जयन्तीको औपचारीक कार्यक्रम नहुने



काठमाडौ ।

 बाैद्ध स्तुपामा यस वर्ष बुद्ध जयन्तीको औपचारीक कार्यक्रम नहुने भएकाे छ ।

लकडाउनकाे कारण नित्य पुजा बाहेक अन्य औपचारीक कार्यक्रम नहुने भएकाे हाे ।

विश्वभर महामारीको रूपमा फैलिएको काेराेना भाइरसकाे संक्रमणबाट बच्न सरकारले भेला जुलुस हुने धार्मिक तथा सास्कृतिक कार्यक्रम नगर्न आग्रह गरे अनुसार यस वर्षकाे २५६४ बुद्ध जयन्तीमा औपचारीक कार्यक्रम नगर्ने बाैद्ध तथा मेलम्ची ध्याङ गुठीले जनाएकाे छ ।

वुद्ध जयन्तीको दिन नित्य पुजा बाहेकका अन्य पुजापाठ र कार्यक्रम नगर्ने निर्णय गरिएकाे बाैद्ध तथा मेलम्ची ध्याङ गुठीका प्रबन्धक नवीन बज्र लामाले जानकारी दिए । विगतका वर्षहरूमा विभिन्न औपचारीक कार्यक्रम हुने गरेकाेमा यस वर्ष सबै कार्यक्रम स्थगित गरीएकाे प्रबन्धक लामाले बताए ।

काेराेना संक्रमणकाे जाेखिमलाई ध्यान राखेर भक्तहरूकाे भिड हुने र अन्य कार्यक्रम नगर्ने निर्णय गरिएकाे ध्याङ गुठीले जनाएको छ ।

यस वर्षको बुद्धजयन्ती आगामी बैशाख २५ गते परेकाे छ । हरेक वर्ष बुद्ध जयन्तीका दिन भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा आयाेजना गरिने बाैद्ध सम्मेलन पनि यस वर्ष राेक लगाईएकाे  छ ।

प्रतिक्रिया दिनुहोस्