Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

लकडाउनमा गरिवकाे सारथी बनेका साह



काठमाडौँ  ।  यतिबेला मुलुक लकडाउन छ । मानिसहरू घर भित्र छन् । तर जनकपुरका बैधनाथ साह भने न घर भित्र बस्न पाएका छन् । नत उनलाई एक छिन फूसद नै छ । कहिले सडकमा खटिएका प्रहरीलाई पानी र मास्क वितरण त कहिले घरघरमा राहत पुर्याउने चटारो ।

त्यतिमात्र हैन गरिव असाहयलाई निशुल्क उपचार गराउने र अस्पताल लैजान पनि उनलाई भ्याई नभ्याई छ । असाहय संरक्षण मञ्चका अध्यक्ष समेत रहेका साह लकडाउन भए देखिनै यसै गरि खटिएका छन् ।

गरिब,मजदुरहरूलाई निशुल्क भाेजन गराउने देखि डिउटीमा खटिएका प्रहरीलाई सहयाेग गर्नु उनकाे दैनिकी बनेको छ अहिले । लकडाउनकाे ३७ दिनसम्म पनि उनी यसैगरी अनबरत रूपमा खिटरहेका छन् ।

खाद्यान्न, मास्क पञ्जादेखि सेनिटाईजरसम्म वितरण गरिरहेका अध्यक्ष साहले जनकपुरमा साच्चै उदाहरणीय काम गरि रहेका छन् ।

विभिन्न दाताहरूकाे सहयाेगमा अाफ्नाे रहत र सहयाेग अभियान जारी रहेकाे उनी बताउछन् । मधेसका सफाई दुत समेत रहेका उनले दुई हजार भन्दा बढि परिवारलाई राहत वितरण गरेकाे बताए ।

संरक्षण मञ्चले अहिले डिउटीमा रहेका प्रहरीलाई प्रत्येक दिन पानी र दश दिनदेखि खाजा समेत खुवाई रहेकाे छ । अाफूहरूकाे अगुवाइ र समन्वयमा विभिन्न संघसंस्थाकाे सहयाेगमा जनकपुरमा अहिले दस ठाउमा तीन सय परिवारलाई भाेजन गराउने र घरघरमा खाना पुर्याउने काम गरिरहेकाे उनले जानकारी दिए ।

लकडाउनकाे समयमा मृत्यु भएका दुई परिवारलाई उनले किरिया खर्च समेत दिएका छन् ।जनकपुरमा सेवक नामले चिनिने साह चर्चित सामाजिक अभियानता र समाजसेवी हुन् ।

साहले सफाइ अभियान सञ्चालन गर्ने देखि गरिव असाहयकाे लागि विगत देखिनै निशुल्क उपचार र अन्य सहयाेग गर्दै अाएका छन् ।

उनले गरिव परिवारका छाेरीहरूकाे विबाह गराउने र विबाह खर्च समेत दिदै अाएका छन् । सरकारी निकायबाट समेत राहत वितरण प्रभावकारी नभई रहेकाे समयमा साहकाे काम निकै उदाहरणीय रहेकाे स्थानीयले बताए।

प्रतिक्रिया दिनुहोस्