Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

एनआरएनए क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरेले डोनेसन रकम किर्ते गरेको आरोप




क्यानाडा । एनआरएनए क्यानाडाले खडा गरेको   आपतकालीन कोषमा सहयोग गरेको रकम एनआरएनए क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरेले हिनामिना गरेको खुलासा भएको छ ।

आफुले डोनेसन गरेको रकम एनआरएनएको वेबसाईटमा ४४५ र डोनेसन कार्डमा ५५० भएकाले किर्ते गरेको उक्त प्रमाणसहित यती बेला सामाजिक सन्जालमा भाईरल नै बनेको छ ।


हालसम्मको आर्थिक गतिविधिको छानबिन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्न माग गरीएको छ ।

विश्वव्यापी रुपमा महामारी फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ का कारण मानवजातिले नैं  त्रासदीपूर्ण संकट झेलिरहेको छ ।

यस्तो अवस्थामा क्यानाडामा अध्यनरत विद्यार्थीहरूका साथै नेपाली समुदायलाई कोरोना भाइरसको कारण परेको असुबिधालाई सहयोग गर्न भनी एनआरएनए क्यानाडाले आपतकालीन कोष खडा गरी रकम संकलन गर्दै आएको थियो ।

तर उक्त रकम पीडितलाई कुनै किसिमको सहयोग नगरेकोले क्यानाडामा अध्ययनत नेपाली बिद्यार्थीहरुले एनआरएनए क्यानाडाबाट कुनै सहयोग मिल्ला भन्ने आसा मारेका छन् ।

एनआरएनए क्यानाडाको आफ्नो वेबसाईटमा मेम्बरहरु के कती छन भनेर हेर्न नमिल्ने बनाइएको छ । यस्तो हर्कत भएको थाहा पाएपछि सबै आश्चर्यचकित बनेका छन् ।

थप आसंका उत्पन्न गराइ रहेको अवस्थामा अध्यक्ष घिमिरेको रकम डोनेसन गरेको किर्ते गरे सँगै मेम्बर नबिकरण सुल्क समेतको हिनामिना गर्ने उदेस्यले वेबसाईटमा मेम्बरहरुको लिस्ट् हेर्न नमिल्ने बनाएको कुरा प्रस्ट हुन्छ ।

यता भने बिभिन्न किसिमको कमेन्ट साथै संस्थाको नाममा लापरबाही गर्ने अध्यक्ष घिमिरेले राजिनामा समेत दिनुपर्ने भनी सामाजिक सन्जाल तताएको छ ।

प्रतिक्रिया दिनुहोस्