Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

लियो काठमाडौ फूलबारीमा लियो पुजा बिष्ट



काठमाडौ  ।
लियो क्ल्ब अफ काठमाडौ फूलबारीले बर्ष २०२० २१ का निम्ती नयाँ कार्यसमिति गठन गरेको छ । बुधबार अनलाईन मिडिया (जुम) मार्फत बर्ष २०१९.२० का अध्यक्ष लियो अस्मिता लामिछानेको अध्यक्षतामा बसेको बैठकले लियो पुजा बिष्ट को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नब नियुत्त अधिकारीहरुमा प्रथम उपाध्यक्ष लियो सरस्वती बस्नेत सचिबमा लियो उषा किरण नेपाल र कोषाध्यक्षमा लियो अमिसा पौड्याल रहनुभएको छ ।

प्रमुख अतिथि लायन श्याम कृष्ण दाहालको प्रमुख अतिथ्यता रहेको उत्त कार्यक्रममा पुर्ब अध्यक्षहरु लायन सुदिप कोईराला लियो तारा प्रसाद गुरागाँई लियो पुजा पराजुली लगायतको उपष्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै यस्तै कार्यहरुलाई निरन्तरता दिँदै आगामी दिनमा सिक्दै सिकाउँदै अगाडी बढ्ने कुरामा प्रतिबद्धता ब्यत्त गर्नुभएको थियो ।
कार्यक्रममा निर्बाचन अधिकृत समेत रहेका गुरागाँइले सहमति र सहकार्यका साथ आगामी दिनमा संस्थालाई अद्मै सुध्रिढ गर्दै लग्नुपर्ने बताउँदै निर्बाचितहरुको नामहरु घोषणा गर्नुभयो । लियो सामाजीक संस्थामा क्ल्बको इतिहाँसको बारेमा बताउँदै क्ल्वमा ११ औ अध्यक्षका रुपमा महिला पाउँदा हर्षित भएको पुर्ब अध्यक्ष कोईरालाले बताउनुभएको थियो ।

यसैगरी क्ल्वलाई बिगत देखी अभिभावकका रुपमा रहिरहनुभएका समाजसेवी लायन श्याम कृष्ण दाहालले क्ल्वले बिभिन्न समयमा इतिहास रचिहहेको साथै आगामी दिनमा अद्य धेरै राम्रा कार्यहरु गरी आफुभन्दा कम भाग्यशाली मानिसहरुलाई सेवाका हातहरु फैलाउदै रचनात्मक कार्यहरुले आफ्नो सेवाका क्षेत्रहरु बढाउँदै जाने बिश्वास ब्यत्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्