Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

जिल्लाबासीको उद्धारका लागि सांसद श्रेष्ठ सडकमा



काठमाण्डौं । लकडाउनको कारण सर्वसाधरण विचल्लीमा परेका छन् । उद्धार र सहारा नपाएर हारगुहार गरि रहेका छन् । रामेछापका सांसद श्याम श्रेष्ठले भने अलपत्र परेका रामेछापवासीलाई उद्धार गर्न सडकमा निस्किएका छन् ।

पूर्व गृहराज्यमन्त्री समेत रहेका संघीय सांसद श्रेष्ठ काठमाडौमा बेखर्ची बनेर अलपत्र परेका रामेछापका नागरिकलाई उद्धार गर्न आफै सडकमा निस्किएका हुन् । उनले वेखर्ची बनेर इट्टाभट्टा काम गर्ने र दैनिक ज्यालादारी मजदुरी गरेर खाने सयौं मजदुरलाई उद्धार गरेर घर पठाएका छन् ।

बुधबार राति जिल्लावासीलाई घर पठाउदै गरेको अवस्थामा भक्तपुरमा भेटिएका सांसद श्रेष्ठले लकडाउनको कारण ज्यामी मजदुरी गरेर खानेहरू कोठा भाडा तिर्न र राशन समेत जोहो गर्न नसक्ने भएपछि उद्धार गरिएको बाताए । सकेसम्म सुरक्षितसँग जाने वातावरण मिलाए छौ ।

केही गाउँपालिकाको सहयोगमा गाडी र यात्रुलाई पुरै सेनिटाईज समेत गरिएको छ । केही सम्भव नभएका गाउँपालिका भने सजकता अपनाएर पठाएका उनले बताए । बुधवार र शुक्रबार मात्रै गोकुलगंगा गाउँपालिकाका सयभन्दा बढीलाई उद्धार गरि घर पठाईएको छ ।

गोकुलगंगा गाउँपालिकावासीको उद्धार कार्यमा भने सांसद श्रेष्ठको समेत सहयोगमा ब्यवसायी एबम् नेकपाका युवा नेता विष्णु कार्की, रामेछाप क्षेत्र नं १ का नेकपा ईन्चार्ज सेवक कार्की र टिभी जर्नलिस्ट एवम् सामाजिक अभियानता उद्धबकुमार कार्की खटिएका छन् ।

आफूहरूले भने गाउँपालिकाको समन्वयमा गाडी र यात्रुलाई होल बडी सेनिटाईज गरि पञ्जा र मास्क वितरण गरेर सुरक्षितसँग पठाइएको नेता एवम् ब्यवसायी कार्कीले बताए । संक्रमणको जाखिमलाई ध्यनमा राखेर प्रोफेसनल किलिनिङ कम्पनी अनमोल फ्यसिलिटिजद्धारा आफूहरूले गाउँपालिका पठाएका सबै वसमा सेनिटाईज गरेको उनले बताए ।

उद्धारका नाममा गाउँमा मान्छे पठाउँदा हुन सक्ने जोखिमको बारेमा आफूहरू सचेत रहेको भन्दै घरमा पुगेर समेत होम क्वारेटाइन बस्न आग्रह गरेर पठाएको अर्का उद्धारकर्मी जर्नलिस्ट कार्कीले बताए । अधिवक्ता समेत रहेका जर्नलिस्ट उद्धबकुमार कार्कीले सर्वोच्च अदालतले लानै पर्ने नागरिकलाई सुरक्षितसँग गन्तव्यसम्म लैजान सरकारलाई आदेश दिएको बताउँदै गाडी र यात्रुको बडी डिसईनफेकटेट गरेर मात्र लान समेत सुझाव दिए ।

ब्यवसायी र जर्नलिस्ट कार्कीद्धयले लकडाउनको समयमा काठमाडौमा रहेका गाउँपालिकाका विरामीलाई निशुल्क रूपमा अस्पताल पुर्याउने ब्यवस्ता समेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्