Logo
१३ कार्तिक २०७७
(Thursday 29th October 2020)

“नेकपा एकीकरण देखि अध्यादेश प्रकरण सम्म”



म दाउपेच होइन निष्ठाको राजनीति गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्द्छु। तर बर्तमान नेपालको राजनीति मेरो विश्वास सङ्ग मेल खादैन। तैपनी आफ्नो आदर्श र विश्वास छोड्ने कुरा भएन। अब म मुल बिषयमै प्रवेश गर्न चाहन्छु ।
– हामी सबैलाई थाहै छ पार्टी अध्यक्षको पहलमा तर अलि हतारमा दुई पार्टी एकीकरणको घोषणा भयो। धेरै कार्यकर्ताको मनमा जिज्ञासा भएपनी राम्रा कामका लागि सबैको समर्थन जुट्यो।
-संसदीय निर्वाचनमा शानदार बहुमत आएपछि सर्वसम्मत ढंगले पार्टी अध्यक्ष केपी कमरेडलाई प्रधानमन्त्रीका रुपमा अघि सारियो।
– हामिले सुनेका कुरा दुई अध्यक्ष विच आलोपालो सत्ता चलाउने आन्तरिक सहमति भयो।
-दुई अध्यक्ष विचको सहकार्य राम्रैसङ्ग अघि बढ्दै थियोे यसै विचमा जनताले पनि थाहा पाउनेगरी केही दाउपेचका घटना सार्वजनिक भए।
प्रस्तुत छ केही अस्वभाविक विवादास्पद प्रतिनिधिमुलक घटना-
-क. माधव नेपाललाई वरिष्ठ नेताको घोषणा
-एक बर्ष बित्दा नबित्दै पुनः माधव कमरेडको ३ नम्बरको बरियता खोसेर क.झलनाथलाई प्रतिस्थापन
-काठमाडौ ७ बाट निर्वाचित माननीय रामवीर मानन्धरलाई राजीनामा दिन लगाई सो क्षेत्रबाट क बामदेवलाई उम्मेदवार बनाउने खेल
– एकजना नेताको स्वार्थ पूरा गर्न पार्टीको बिधाननै संसोधन गरेर वामदेव गौतमलाई उपाध्यक्ष बनाउने काम
-बामदेव कमरेड उपाध्यक्ष बनाइनु भएपछि कर्नरमा पारिनु भएका क. माधव नेपालसङ्ग पुन सहकार्यको प्रस्ताव आदि ।
यी घटना घटिरहुन्जेल सम्म सानातिना मतभेद भएपनि दुई अध्यक्ष विचको सहकार्य जारी रह्यो।
तर……..
एकाएक केही समय अघिदेखी आलोपालो र शक्ति वाडफाडका बिषयमा दुई अध्यक्षविच खटपट भएपछि आन्तरिक राजनीतिको कोर्स फेरियो।
-भनिन्छ दुई अध्यक्षवीच भएको सहमतिहरु कार्यान्वयन नगरिएको, अन्य सिनियर नेताहरूसङ्ग गरिएका सहमति अनुरुप काम नभएको, पार्टी पद्धतिसम्मत ढंगले नचलेको, महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा छलफल नहुने गरेको आदि। त्यसैगरी सरकारले कतिपय निर्णयहरु हतारमा गर्ने र पछि फिर्ता लिनेजस्ता अपरीपक्क कामले पार्टी र सरकार दुवै आलोचित भएपछि पार्टीका केही सिनियर नेताहरू एक ठाउँमा उभिन पुगे। त्यसपछि आन्तरिक शक्ति सन्तुलन फेरीयो।
अर्को कुरा क. प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयको बैठकले केन्द्रीय कमिटीको बैठक डाक्ने निर्णय गर्‍यो। निर्णय गरेको केहि समय पछि बसेको बैठकमा बहुसंख्यक केन्द्रिय सदस्यहरुले पार्टी नेताहरुको कार्यशैलीको खुलेर आलोचना गरे। साथै एमसिसी अध्यनका लागी कार्यदल बनाउनुपर्ने माग जोड्दार रुपमा उठेपछि पार्टी अध्यक्ष क. केपी ओली बिना संशोधन एमसिसि पास गर्ने भन्ने आफ्नो पुर्व् अडानबाट पछि हट्नुपर्ने परिस्थिति सृजना भयो। यसपछि विकसित भएको असमझदारीको परिणाम हो भन्छन अध्यादेश काण्ड । के हो वास्तविकता एक दिन सबै छर्लङ्ग भैहाल्ला।
यी घटना हरुको विश्लेषण गर्दा को कहाँ चुके त?
१. नेता काहा चुके?
निर्णय गर्दा बैठक, छलफल र सहमतिमाका आधारमा बिधानसम्मत ढंगले अघि बढ्ने कुरामा चुके। यसको दोष कुन नेताले कति लिनुहुन्छ म जान्दिन। एकथरी भन्नुहुन्छ घेराबन्दी भयो अर्काथरी विधि पद्धति मिचेर सर्वदत्तावादी ढंगले अघि बढने काम भयो। दोषी को ढिलो चाडो समयले बताउनेनै छ। सर्वमान्य सिद्धान्त के हो भने जो मुख्य जिम्मेवारीमा हुन्छ राम्रो गरे जस र नराम्रो गरे अपजसको भागिदार उही बन्दछ।
हिजो पार्टी एकीकरण गर्दा एकले अर्कोलाई महान देख्ने आज सानातिना खट्पट हुने वित्तिकै एकले अर्कालाई दुश्मन ठान्दै सार्वजनिक रुपमा खोइरो खन्ने कुरा कति युक्तिसंगत छ बुझ्न कठिन भयो। मैले एउटा कुरा चाहिँ राम्रैसङ्ग बुझेको छु तपाई कमरेडहरु दुधले धोएको कोही पनि हुनुहुन्न तर पार्टी निर्माणमा सबैको योगदान उत्तिकै छ। यसको अर्थ किमार्थ यो होईन तपाईंहरुलाई मनपरि गर्ने छुट छ। साथै एउटा चिन्ता पनि लागेर आउँछ तपाईंहरुको कार्यशैली देख्दा तपाईंहरुबाट कार्यकर्ताले सिक्ने चाहिँ के होला?
२. कार्यकर्ता कसरी चुक्दैछन?
आफ्नो झुकाव भएकै कारणले नेताले जस्तोसुकै गल्ती गरेपनी अन्ध समर्थन गर्ने प्रवृतिले नेतृत्वलाई सुधार्न मद्धत गर्छ कि बिगार्न ? यो आजकल मेरो मनमा बारम्बार उब्जने गरेको प्रश्न हो। कम्युनिस्ट पार्टीका कार्यकर्ता भनेको उन्नत चेत भएका मान्छे हुन भन्ने मलाई लाग्छ । राम्रो कामको प्रसंशा र नराम्रो कामको आलोचना गर्ने साहस भएन भने त्यो मानिस असल कार्यकर्ता हो कि दास ? मलाई माफ गर्नुस नेताले जानेर वा नजानेर गर्ने गलत कामको विरुद्ध खबरदारी गर्न नसकेकै कारण नेतृत्व चुक्ने गरेकोछ भन्ने मेरो ठम्याई छ। एक पटक ठन्डा दिमागले हामी सबैले सोच्ने बेला भयो कि?
पार्टी हाम्रो पनि हो। पार्टी निर्माणमा हामी जस्ता लाखौं कार्यकर्ताको रगत पसिना बगेको छ। यसलाई समाप्त पार्ने हक कुनैपनी नेताहरुलाई छैन। आदरणीय नेता कमरेडहरु सक्नु हुन्छ राम्रो काम गरेर देखाउनुस हाम्रो साथ छ। सक्नु हुन्न भने अरुलाई मार्ग प्रसस्त गरीदिनुस यसैमा सबैको कल्याण हुनेछ। एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन। म पुनः स्मरण गराउन चाहन्छु माहत्मा गान्धी, गणेशमान सिंह र मदन भण्डारी कोहि पनि प्रधानमन्त्री भएनन। तर दक्षिण एसियामा उहाहरुको उचाईमा पुग्ने अमर राजनितज्ञ बिरलै जन्मिएलान। त्यसैले दाउपेच भन्दा निष्ठाकै राजनीति गरौं। राजनेता बनेर इतिहास कोर्ने कि अहिले सम्म कमाएको प्रतिष्ठा माटोमा मिलाउने यो कमरेडहरुकै जिम्मा।
धन्यवाद / अभिवादन ।

प्रतिक्रिया दिनुहोस्