Logo
०४ कार्तिक २०७७
(Tuesday 20th October 2020)

घ्याङ गुठीद्धारा राहत वितरण



काठमाण्डौं । बौद्ध तथा मेलम्ची ध्याङ गुठीले रहत वितरण गरेको छ । गुठीले काठमाडौको बौद्ध क्षेत्रमा रहेका मजदुर, असाहाय र विपन्नहरूलाई राहत वितरण गरिएको हो ।

दैनिक ज्याला मजदुरी गर्ने र कोठा भाडामा बस्नेहरूलाई समस्या भएपछि एक सय पचास जनालाई अत्यावश्यक खाद्यान्न राहत स्वरूप वितरण गरिएको गुठीका प्रबन्धक नवीन बज्रलामाले बताए ।

कोरोना भाइरसको त्रास र लकडाउनको कारण अत्यावश्यक खाद्यान्न अभाव भएर समस्यामा परेकालाई दाल, चामल, नुन, तेल लगाएको खाद्या सामग्री वितरण गरिएको उनले जानकारी दिए ।

बौद्ध स्तुपाका प्रमुख संरक्षक परमपुज्य औतारी धर्म गुरू, चिनियाँ लामा भुपति बज्रलामाको सहयोगमा गुम्बाको तर्फबाट राहात वितरण गरिएको उनका नीजी सहयोगी बुद्ध लामाले जानकारी दिए ।

धर्म गुरूको तर्फबाट खाद्यान्न अभाब भएर कोही पनि भोकै नपरून भनेर रहात वितरण गरिएको सहयोगी लामाले बताए । धर्म गुरूको सहयोगमा गुठीका सल्लाहकार, विशनकुमार लामा, आनन्दु लामा लगायतको सकृयतामा राहत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्