Logo
Logo

राजपाका सहमहामन्त्री झाको दाबी, “दल दर्ता अध्यादेश राजपाका लागि होइन नेकपाका लागि नै हो”



काठमाण्डौं । राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री डाक्टर सुरेन्द्र झाले राजपा कुनै पनि हालतमा विभाजन नहुने जिकिर गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाण्टस लेख्दै सहमहामन्त्री झाले यस्तो जिकिर गरेका हुन् ।

दल दर्ता अध्यादेश नेकपाको आन्तरिक कलहको उपज भएको पनि झाले दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा सहमहामन्त्री झाले अध्यादेशको भित्री कुरा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहा भएको बताएका छन् ।

राजपाको पहिलो प्राथमिकता सत्ता नभई संविधान संशोधन भएको पनि उनले बताएका छन् । राजपाको पहिलो प्राथमिकता सत्ता होइन भन्ने यति लामो समय संविधान संसोधनको मुद्धा वोक्नु र प्रतिपक्षमा वस्नुले नै स्पष्ट हुन्छ झाले भनेका छन् । साना दललाई लक्षित गरी अध्यादेश ल्याइएको भन्ने प्रचारमा सत्यता नरहेको पनि झाले जिकिर गरेका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीको पनि आलोचना गरेका छन् । उनले भण्डारीको व्यवहार ठिक नभएको पनि आरोप लगाएका छन् । झाले दुई तिहाई सरकारको दुरुपयोग भएको पनि टिप्पणी गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको