Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

भ्याली बोर्डबाट ट्याङ्कर चालक र सह चालकका लागि सुरक्षाका सामग्रीहरु सहयोग 



काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले  कोरोना भाइरस  (कोभिड-१९ ) को सम्भावित जोखिमबाट सुरक्षित रहन भन्दै उपत्यका भित्र खानेपानी वितरण गर्ने ट्याङ्कर चालक र सह चालकका लागि  आवश्यक सामग्रीहरु सहयोग गरेको छ ।
बोर्डले  काठमाडौं उपत्यका भित्र खानेपानी आपूर्ति गरिरहेका निजी क्षेत्रका ट्याङ्कर चालक र सह चालकका लागि  शुक्रवार आवश्यक सुरक्षाका सामग्रीहरु सहयोग गरेको हो।
बोर्डका कार्यकारी निर्देशक डा सन्जिब बिक्रम राणा र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले मास्क, स्यानिटाइजर, हेजर, र पन्जा लगायतका सामग्रीहरु निजी क्षेत्रका ट्याङ्कर व्यवसायीहरुलाई हस्तान्तरण गर्नुभयो ।
उपत्यका भित्र ट्याङ्कर मार्फत खानेपानी वितरण कार्यमा प्रत्यक्ष रुपमा सहभागी हुने चालक र सह चालकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बोर्डले सहयोग गरेको कार्यकारी निर्देशक राणाले बताउनु भयो । बोर्डले आफ्नो १४ औ वार्षिकोत्सवको दिनमा आज निजी क्षेत्रका ८ वटा व्यवसायी संघ र केयुकेएलका ट्याङ्कर चालक र सह चालकका लागि सहयोग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्