Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

यी नै हुन राहत चोर जनप्रतिनिधि कार्की, सामाजिक बहिष्कार गर्न माग गर्दै तिव्र आलोचना



काठमाण्डौं । लकडाउनका कारण दैनिक ज्यालादारी गरी दैनिकी टार्ने निम्न बर्ग समुदायको समस्या जटिल बन्दै गएको छ । सरकारले राहत वितरण कार्य व्यवस्थीत गर्न नसक्दा यो समस्या भयावह बन्दै गएको हो । दैनिकी टार्न नसक्ने भएपछि मजदुरहरु मध्यरातमा काठमाण्डौं छोड्ने क्रम पनि तिव्र छ ।

हप्तौ लगाएर पैदल नै उनीहरु आआफनो गन्तव्यमा लागि रहेका छन् । तर, यता थोरै भएपनि मजदुरका लागि वितरण गर्न सरकारले पठाएको राहत सामाग्री जनप्रतिनिधिले गायव पार्ने घृणित कार्य गरेका छन् । राहतका लागि व्यवस्था गरिएको सामाग्री जनप्रतिनिधिहरुले नै गायव पार्न थालेपछि मजदुरहरु झनै दुखी बनेका छन् ।

यसरी राहत नै गायव बनाउने जनप्रतिनिधि हुन काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ९ का वडा सदस्य पशुराम कार्की । नेकपाबाट निर्वाचित ९ नम्वर वडा सदस्य कार्की मजदुरलाई वितरण गर्न पठाएको राहत लुकाएर सम्पर्क विहिन बनेका हुन् । उनी राहत लिएर सम्पर्क विहिन भएपछि मजदुरहरु निराश भएका फर्किएका थिए ।

यस्तो घृणित कार्यमा संलग्न कार्कीलाई तत्काल कार्बाही गर्न विभिन्न निकायले माग गरेका छन् । सामाजिक सञ्जालमा समेत काफलेको तिव्र आलोचना भइरहेको छ । सञ्जाल प्रयोगकर्ताले उनलाई राहत चोर भन्दै आलोचना गरिहेका छन् ।

कार्की राहत लिएर सम्पर्कविहिन भएको बुढानिलकण्ठ नगरपालिकाका एक कर्मचारीले भने वडा सदस्य कार्की सुरुमा राहत वितरण गर्ने भन्दै दौडधुप गरेको पछि राहत सामाग्री आएपछि राहत सामाग्री नै बोकेर गाएव भएको बताए ।

प्रतिक्रिया दिनुहोस्