२४ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काँकडभिट्टा । झापा गाउँपालिकाको जनता माध्यमिक विद्यालयका २४ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जनही ३ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यालयमा स्थापित रमा–पद्मा स्मृति अक्षयकोषमार्फत २० जना तथा बैदेशिक रोजगार कोषमार्फत ४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । झापाको कनकाई नगरपालिका वडा नं ३ निवासी प्रतिमान उप्रेती र गंगादेवी उप्रेती परिवारद्वारा स्थापित ‘रमा–पद्म स्मृति’ छात्रवृत्ति समेत वितरण गरिएको थियो ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीर्हरूमा देविप्रसाद भट्टराई, विक्रम गणेश, नवराज पौडेल, मुर्सेद अली, राधिका राई, मञ्जु बुढाथोकी, रुपेश कटुवाल, सुमन खत्री, सविन कार्की, रमाकान्त पौडेल, प्रेम विश्वकर्मा, सुरज कार्की, रोशन विश्वकर्मा, पंकज कुमार राजवंशी, भिमप्रसाद प्रसाई, बविता बस्तेत, कल्पना दंगाल, नागेश कुमार केवरत, भगवती, राउत र गणेशप्रसाद पोखरेल छन् ।
पुरस्कार स्थापनाकर्तार् वरिष्ठ अधिवक्ता तथा स्व। रमा र पदम उप्रेतीका नाती हरिप्रसाद उप्रेतीले उक्त विद्यालयका विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै शिक्षामा सघाउ पुर्याउने उद्देश्यका साथ छात्रवृत्ति वितरण सुरु गरिएको बताए ।