Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

सनसिटी अपार्टमेण्टमा भेटिएका कोरोना संक्रमितले काठमाण्डौ महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा दूई घण्टा विताएको पाइयो, किनमेलका लागि बजार गएको समेत खुल्यो



काठमाण्डौं । काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका मुलपानीस्थित सनसिटी अपार्टमेण्टमा भेटिएका कोरोना संक्रमितहरु विभिन्न सरकारी कार्यालय पुगेको खुलेको छ ।

चैत ४ गते कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाण्डौं झरेका पनेरु थरका ती परिवार त्यसपछि विभिन्न सरकारी कार्यालयमा पुगेको खुलेको हो ।

तीन साता बेलायत बसेर चैत ४ गते काठमाण्डौं ओर्लिएका उनीहरु चैत ५ गते रुघाखोकी लाग्दा लाग्दै काठमाण्डौ महानगरपालिका हाँडीगाउँ भिमसेनस्थानमा रहेको ५ नम्वर वडा कार्यालयमा पुगेको त्यहाँ कार्यरत एक कर्मचारीले वताएका छन् ।

नक्सालका स्थायीवासी उनीहरु परिवारका सदस्यको  जन्म दर्ता गर्न हाँडीगाउँ भिमसेनस्थानमा स्थित ५ नम्बर वडा कार्यालयमा पुगेको र त्यहाँ झण्डै २ घण्टा विताएको पनि उनले बताए ।

वडा नम्वर ५ हाँडीगाउँ भिमसेनस्थानका वडा अध्यक्ष रमेश डंगोल चिनजानका भएकाले वडा अध्यक्ष डंगोलसँग चिया खाएर झण्डै दूई घण्टा उनीहरु त्यहि बसेको वडाका अर्का कर्मचारीले भने ।

वडा नम्वर ५  बाट निस्किएपछि किनमेलका लागि उनीहरु वजार गएको बताइएको छ । बेलायतबाट फर्किएपछि १४ दिन क्वारेन्टाइनमा वसेको भनेर पनेरु परिवारले सञ्चारमाध्यमलाई ढाँटेका छन् । क्वारेन्टाइनमा बस्नुपर्ने नियम उनीहरुले पालना गरेको पाइदैन् ।

यता, लकडाउन भएपछि वडा अध्यक्ष डंगोल लगातार राहत वितरणमा सक्रिय छन् । राहत वितरण कार्यमा उनीसँग अन्य व्यक्तिहरु पनि सक्रिए रहेको वताईएको छ । उनीहरुलाई कोरोना लागेको पुष्टि भएपछि वडा अध्यक्ष डंगोलसहित अन्य कर्मचारी भयवित भएका छन् ।

बेलायतबाट फर्किएर आएपछि पनेरु परिवारले लापरबाही गरेको पाइएको छ । सुरुका दिनमा सामान्य जरो र रुवाखोकी लाग्दा लाग्दै समेत उनीहरु हिड्डुल गरेका थिए ।

पाटन अस्पतालमा भर्ना भएका एकै परिवारका तीन जना मध्ये दूई जनामा कोरोना भएको पुष्टि भएको हो । बुहारीको रिपोर्ट भने पोजिटिभ देखिएन् ।

प्रतिक्रिया दिनुहोस्