Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)



काठमाण्डौं । कोरोना भाइरस सम्वन्धी औषधी उपकरणको कालोबजारी गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका शंकर ग्रुपको उपाध्यक्ष समेत रहेका किर्गिस्तानका वाणिज्य दुत सुलभ अग्रवालको कुटनीतिक गाडीमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि साथै रहेको खुलासा भएको छ । कालोबजारी गरी कोरोना भाइरसको औषधी उपकरण वेच्न प्रयोग भएको किर्गिस्तानको अवैतानिक दुतको रुपमा उनले चढ्दै आएको २०९ एचसीसी –१ को निलो रङको गाडीमा उनका बुवा शंकरलाल अग्रवाल पनि सँगै रहेका थिए । २०९ एचसीसी –१ को निलो रङको गाडीमा सुलभ सँगै रहेका उनका बावु शंकरलाल अग्रवाललाइ पनि प्रहरीले उनी सँगै अपराध अनुसन्धान महाशाखाका लगिएपनि पछि छोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्