Logo
०४ कार्तिक २०७७
(Tuesday 20th October 2020)

वाणिज्य दुतको गाडीवाटै कालोबजारी भएपछि सरकार झस्कियो, अन्य दुतहरुमाथि पनि निगरानी



काठमाण्डौं । अवैतानिक वाणिज्य दुतको गाडीवाटै नै तस्करी हुन थालेपछि सरकारले अवैतानिक वाणिज्य दुतहरुलाई छानविन गर्ने भएको छ । मानार्थ पद अवैतानिक वाणिज्य दुतको गाडी नै दुरुपयोग गरी तस्करी भएको घट्ना सार्वजनिक भएपछि सरकार झस्किएको हो ।

शंकर ग्रुपका उपाध्यक्ष समेत रहेका किर्गिस्तानका लागि वाणिज्य दुत सुलभ अग्रवाल कुटनीतिक नियोगको गाडीबाटै तस्करी गरी रहेको अवस्थामा पक्राउ परेपछि परराष्ट मन्त्रालय यस विषयमा थप गंभिर भएको परराष्ट्रका एक कर्मचारीले बताए । उनलाई कालोबजारी र कुटनीतिक नियोगको पद दुरुपयोग गरेको दुई मुद्धामा कार्वाही हुने बताइएको छ ।

उनले भने, प्रतिष्ठित घरानाबाटै यस्तो कार्य हुन लाजमर्दो हो । कोरोना भाइरसको त्रासले मुलुक नै संकटमा परेका बेला समेत तस्करी, त्यो पनि कुटनीतिक नियोगको गाडीबाटै सरकार गंभिर हुनु स्वभाविक नै हो । यसले सवैलाई लज्जित बनाएको छ । यो घट्नाले प्रतिष्ठित व्यक्तिहरुलाई समेत यसले ठुलो धक्का पुराएको परराष्ट्रका ती कर्मचारीले भने ।

कोरोना भाइरसको औषधी उपकरणसहित पक्राउ परेका अग्रवालको अवैतानिक वाणिज्य दुत खोसिएको भएपनि अन्यमाथि पनि निगरानी बढाइएको मन्त्रालय स्रोतले भन्यो । अवैतानिक वाणिज्य दुतले प्रयोग गर्दै आएको गाडी चेक हुँदैन, हरेक ठाउँमा उनीहरुले विशेष सुविधा पाउँछन् ।

नेपालमा यस्ता दुतहरुले विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न पाउँछन् भने कुटनीतिक नम्वर प्लेट, सिंहदरवार प्रवेश सुविधाका साथै विशिष्ट भेटघाटमा समेत आमन्त्रण पाउँछन् ।

भियना कन्भेन्सनले यस्तो सुविधाका वारेमा केही नबोलको भएपनि नेपालमा यस्ता दुतहरुले राज्यबाट भरपुर सुविधा लिँदै आएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो यस्ता सुविधाका वारेमा पनि पुर्नविचार हुनेमा छलफल अघि बढेको छ ।

अग्रवाल एउटा पात्र हुन के थाहा गुपचुप अन्यको धन्दा पनि त्यही हुन नसक्ला भन्न सकिँदैन उनले भने । यसै सुविधाको गलत दुरुपयोग भएपछि सरकारले छानविनको तयारी गरेको होे भने सुविधा लिइरहेका हरुलाई निगरानीमा राख्ने तयारी थालेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ५१ देशको अवैतानिक वाणिज्य दुत रहेका छन् । अन्य केही लिने प्रकृयामा छन् । यो सुविधा लिनेमा ठुला उद्योगी व्यवसायीदेखि निमार्ण व्यवसायी, पर्यटन व्यवसायी समेत छन् ।

प्रतिक्रिया दिनुहोस्