Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

कालोबजारी गर्नेलाई जोगाउने होइन कार्वाही हुन्छ, कालोबजारी गर्ने व्यवसायीसँग नाम नजोड्न राज्यमन्त्री दुगडको आग्रह



काठमाण्डौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले कालोबजारीमा संलग्न जो कोहीलाई पनि दण्डित गर्ने स्पष्ट पारेका छन् । कोरोना भाइरसका कारण मुलुक नै संकटमा परेका बेला कालोबजारी गर्न खोज्ने उद्योगी व्यवसायी मात्र होइन जो कोही पनि दण्डित हुने उनले बताए ।

काठमाण्डौं टेलिभिजनसँग कुरा गर्दै मन्त्री दुगडले केही सञ्चारमाध्यममा आफनो नाम कोलोबजारीमा संलग्न व्यवसायीसँग जोडिएको प्रति खण्डन गरे । उनले भने, म अहिले मात्र उद्योगी व्यवसायीको मन्त्री होइन, तीन करोड नेपालीको मन्त्री हुँ, तीन करोड नेपालीको हित हुने मात्र काम गर्छु ।

कालोबजारी गर्दै गर्दा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई मन्त्री दुगडले बचाउन खोज्दै छन भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि उनले जिकिर गरे । पक्राउ परेका व्यवसायी अग्रवालको विषय कानुनी दायरामा पुगिसकेकाले अब उनलाई के गर्ने कानुनले गर्छ, महिले होइन, मन्त्री दुगडले भने ।

कोरोना भाइरसको औषधी, उपकरणको कालोबजारी गरिरहेका बेला रंगेहात पक्राउ परेका अग्रवाललाई जोगाउने भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि उनले बताए । सञ्चारमाध्यमलाई तथ्यमा पुगेर समाचार सम्प्रेसण गर्न पनि राज्यमन्त्री मोती दुगडले आग्रह गरेका छन् ।

“म कालोबजारी गर्नेलाई सशक्त कार्वाही गर्नुपर्छ भन्ने मान्छे, उल्टै जोगाउन लाग्छु होला उनको गुनासो थियो” । संकटका बेला कालोबजारी गर्नेलाई जोगाउनु पर्छ भन्ने मनसाय नराख्न पनि राज्यमन्त्री मोती दुगडले  उद्योगी व्यवसायीलाई आग्रह गरे ।

कुटनीतिक नियोगको गाडीमा कोरोना भाइरस औषधी उपकरणको कालोबजारी गरिरहेका बेला व्यवसायी अग्रवाल प्रहरीको फन्दामा परेका थिए । कालोबजारीमा पक्राउ परेका अग्रवाल सिएनआईका जिम्मेवार पदाधिकारी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्