Logo
०४ कार्तिक २०७७
(Tuesday 20th October 2020)

कागेश्वरी मनोहराको वडास्तरिय राहत कोषमा हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारीद्धारा ५१ हजार रुपैयाँ सहयोग, नगरप्रमुख थापा र वडा अध्यक्ष खड्काद्धारा धन्यवाद ज्ञापन



काठमाण्डौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ८ ले स्थापना गरेको वडास्तरिय कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत कोषमा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ काडाँघारीमा संचालित हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी लिमिटेडले एकाउन्न हजार पाँच सय रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

संस्थाका प्रमुख सल्लाहकार रामेश्वर दाहालले वडा नम्वर ८ लाई पच्चिस हजार र वडा नम्वर ७ लाई पच्चिस हजार गरी जम्मा एकाउन्न हजार रुपैयाँ राहत कोषमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए ।

वडास्तरिय कोरोना भाइरस कोषमा यत्ति ठुलो रकम सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा नगरपालिकाको तर्फबाट नगर प्रमुख कृष्णहरि थापाले विशेष आभार व्यक्त गरेका छन् । नगरपालिकभित्र रहेको सहकारी संस्थाको यो सहयोगले नगरभित्र रहेका अन्य संघ संस्थालाई पनि कोषमा सहयोग गर्न हौसला मिलेको नगर प्रमुख थापाको भनाई थियो ।


यसैगरि संकटका बेला नगरपालिकावासीको स्वास्थ्यमा ध्यान दिएर यति ठुलो रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोप्रति वडा नम्वर ९ का वडा अध्यक्ष कुन्दन खड्काले पनि आभार व्यक्त गरे । हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी लिमिटेडको सहयोगले आम वडावासी हर्षित हुनका साथै अन्य संघ संस्थालाई पनि सहयोगका लागि उत्साहित बनाएको उनले बताए ।


यसैगरि कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्वर ८ निवासी, हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी लिमिटेडका प्रमुख सल्लाहकार रामेश्वर दाहालले पनि वडा नम्वर ८ को अति बिपन्न राहत कोषमा दश हजार रुपैयाँ सहयोग गरेका छन् । नगरभित्र रहेका अत्ति विपन्न घर परिवारलाई सहयोग होस भन्ने हेतुल आफुलाई कोषमा रकम जम्मा गरेको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्