
कोरोना कहरसँग
आकास सिंगारिएको छ।
प्रकृतिका वरदान ती चिरविर पंक्षी
आनन्दले आकास चुमिरहेछ।
स्वतन्त्रता को विगुल फुक्दै
अनन्त यात्रा गरिरहको छ।
स्वच्छ हावा वहिरहेछ।
पृथिवीको प्रदुषण घटेर
यो ताजगी भइरहेछ।
वातावरण ले कोल्टे फेरे जस्तो छ।
तर पनि रम्ने र रमाउने दिनहरु
खै कता पो पोखिएछ।
आकाश सिंगारिएझैं धरती पनि
सिंगारिएपो हुन्थ्यो त।
तर धरती मा बस्ती प्रताडिएको छ।
जताततै कोलाहल र चित्कारले
बस्ती अँतालिएको छ।
रोगसँगै भोक ले यो नराम्रोसंग थलिएकोछ।
गुम्ने र गुमाउनेको पीडा ले
यो नराम्रोसंग गलेको छ।
अझै के हुनेहो भन्ने तरंगले
मन अतालिएको छ।
प्रकृति ले पशुपंझीलाई
मुक्ति दिए जस्तो छ।
मानवलाई नयाँ भाइरस पठाइ
बदला लिए जस्तो छ।
जड कुरो कहाँ ? के हो? यो
बुझ्न बाँकी छ।
प्रकृति सँग मानवले र प्रकृति ले मानवसँग
हिसाबकिताब खोज्न बाँकी छ।
अहिले त केवल प्राण रक्षा लागि
एक्लोपन वरदान सावित छ।
विल्ली लामिछाने
काठमाण्डौं, नेपाल