Logo
Logo

महाशक्ति र कोरोना



विश्व, मेरा मुठ्ठीमा छ

उ गर्जन्थ्याे ।

वैज्ञानिक चमत्कार

नवीन आविष्कार

सृष्टिमाथि विजयी ठान्थ्याे ।

मंगल ग्रहमा मानव वस्ती

यान र विज्ञान

आणविक हतियार

उन्मत्त थियोे ।

चिकित्सा क्रान्ति

औषधिकाे तिलस्मी खाेज ।

विश्व हाम्रै पञ्जामा छ

फेरि उ,

हुङ्कार दिन्थ्याे ।

तर

आज उ निरीह छ,

भिजेको मुसा झै ।

भ्रम ताेडिएकाे छ

अहंकार र घमण्ड

चक्नाचुर भएको छ ।

उस्काे क्षमता र हैसियत

पनि

छर्लङ्ग भएकाे छ ।

नासाकाे तालुमा चिटचिट

पसिना छुट्दै छ ।

ढाडस दिने अन्वेषक

र, विद्वान

अल्पज्ञान स्वीकारदै छन ,

विश्व जित्छु भन्ने उ

घरभित्रकाे लास उठाउन

गुहार मागिरहेछ ।

अहिले,

सबै सामर्थ्य व्यर्थ भएर

उ विचार बनेको छ ।

हिजो रमिता हेर्न उस्का आँखा

आज आँसुकाे तालमा

डुब्दैछ

अनि

उ मात्र पनि हाेइन

अहिले मानव जातिमाथि नै

संकटको, शंखनाद भएको छ ।

त्यसैले

भूगोल,जाति र वर्णकाे रेखा

मेटेर

शक्ति र विभेदको पर्खाल

भत्काएर

पुजीवादी असभ्य हर्कत

त्यागेर

निरजीब बन्न थालेका

मन मस्तिष्कबाट मानवता

जागृत गराउदै ,

सद्भाव र सहयोग जुटाउदै

मानव अस्तित्वकाे रक्षाका खातिर,

त्यो भाइरस विरूद्ध

सबै सबै जुट्नु छ ।

उद्धवकुमार कार्की

टापुलेकुञ्ज, चाबहिल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको