Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

सबैभन्दा महँगो जग्गा भरतपुर महानगरपालिकामा



चितवन । चितवनको भरतपुर जग्गाको सरकारी मूल्यांकननै कठ्ठाको दुर्इ करोड ५५ लाख रुपैयाँ पुगेको छ। काठमाडौं महानगरपालिकापछि सबैभन्दा महँगो महानगरपालिका भरतपुर भएको छ।यो सरकारको न्यूनतम मूल्यांकन हो।व्यवसायीका अनुसार सरकारी मूल्यांकन अढार्इ करोड तोकिएको क्षेत्रमा अहिले कठ्ठाको पाँच करोड रुपैयाँसम्म कारोबार भइरहेको छ।

नारायणगढ बजार क्षेत्रमा रहेको लायन्सचोकबाट शहिद चोक,पुल्चोकहुँदै नारायणीपुलसम्म९शहिदपथ०महेन्द्र राजमार्गसँग जोडिएका जग्गाको सरकारी मूल्य २ करोड ५४ लाख ८० हजार रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्ष त्यही जग्गाको न्यूनतम मूल्यांकन कठ्ठाको एक करोड ८२ लाख रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्ष २०७३र७४ को लागि प्रति कठ्ठा एक करोड ३० लाख रुपैयाँ थियो।

दुई वर्ष भित्र चितवनमा जग्गाको मूल्य एकै कठ्ठामा एक करोड २५ लाख रुपैयाँले बढेको छ।मुग्लिन नारायणगढ राजमार्ग वडा नम्बर १ र ३ सीमानाबाट पुल्चोकसम्मको जग्गाको मूल्य १ करोड ९६ लाख रुपैयाँ कायम भएको छ।शहिदचोक९महेन्द्र राजमार्ग०बाट बालकुमारी माबि जाने चोकसम्मको सरकारी मूल्य कठ्ठाको १ करोड ९६ लाख रुपैयाँ छ।महानगरभित्रको गंगादेवी मार्ग,शहिद मार्ग क,शुक्रमार्ग९जुनहल लार्इन०भृकुटी मार्ग क,पुतलीबजार मार्ग,पुतलीबजार मार्ग क,इन्द्रदेव मार्ग,कमलनारायण मार्ग,हङकङ मार्ग,लायन्स चोकबाट नमस्ते चोक,बालकुमारी मार्ग,बालकुमारी कन्या मार्गका घडेरी जग्गाको मूल्य १ करोड २७ लाख ४० हजार रुपैयाँ कायम भएको छ।

चितवनमा वर्षेनी ४० प्रतिशतका दरले सरकारी मूल्यांकन बढेको छ। चालु आर्थिक वर्षमा सबै ठाउँमा ३० देखि ४० प्रतिशतले मूल्यांकन बढाइएको मालपोत कार्यालय चितवनका प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए।महानगरपालिका भित्र बाटोले नछोएको जग्गाको पनि प्रति कठ्ठा न्यूनतम मूल्य २० लाख रुपैयाँसम्म कायम गरिएको छ।

बाटोले छोएको खेतीयोग्य जग्गाको मूल्य झनै महँगो छ। कुनैपनि वडाभित्र बाटोले छोएको र खेतीयोग्य जग्गाको मूल्यांकन न्यूनतम पाँच लाख रुपैयाँ देखि ६० लाख रुपैयाँ सम्म कायम गरिएको छ।कार्यालययबाट कारोबार गर्ने रत्ननगर नगरपालिकामा पनि प्रति कठ्ठा ४० लाख रुपैयाँ सम्म न्यूनतम मूल्यांकन कायम गरिएको छ। रत्ननगरमा बाटो नभएको जग्गाको मूल्यांकन प्रति कठ्ठा तीनलाख रुपैयाँ देखि पाँच लाख रुपैयाँ सम्म कायम गरिएको छ। बाटो भएको खेतीयोग्य जग्गाको मूल्यांकन प्रति कठ्ठा चार लाख रुपैयाँ देखि ९ लाख रुपैयाँ सम्म कायम गरिएको छ।चितवनबाट काठमाडौं आउने मुग्लिन सडकसँग जोडिएका कुनैपनि ठाउँमा प्रति कठ्ठा ३० लाख रुपैयाँ भन्दा बढी न्यूनतम मूल्यांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्