Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

चर्चित उद्योगी साहिल अग्रवालका आफनै दाई तस्करी सुलभ अग्रवाललाई कुटनीतिक गाडी दुरुपयोगमा पनि कार्बाही हुने, शंकर ग्रुपको उत्पादन प्रयोग नगर्न माग



काठमाण्डौं । विपत्तको बेला तस्करी गर्ने शंकर ग्रुपले उत्पादन गर्ने कुनै पनि समान प्रयोग नगर्न भन्दै विभिन्न संघ संगठन तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले अभियान सुरु गरेका छन् । शंकर ग्रुपको उत्पादनबाट सर्वसाधरण ठगिदै आएको पुष्टि भएकाले अब यस ग्रुपको कुनै पनि उत्पादन प्रयोग नगर्न आग्रह गरेको उनीहरुको भनाई छ ।

शंकर ग्रुपको नाममा जगदम्बा स्टिल, जगदम्बा सिमेन्ट, जगदम्बा मिल्स, रिद्धिसिद्धि मिनिरल वाटर, युनियन लाइफ इन्स्योरेन्स, जगदम्बा मोटर्स, दगदम्बा वायर लगायत दुई दर्जन भन्दा बढि समाग्री उत्पादन हुँदै आएको छ ।

उनीहरुले शंकर ग्रुपले उत्पादन गर्ने कुनै पनि समान खरिद विक्रि नगर्न समेत आग्रह गरेका छन् । कुटनीतिक नियोगको गाडी दुरुपयोग गरि कोरोना भाइरस औषधी उपकरण तस्करी गर्ने सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष समेत हुन् । कुटनीतिक नियोगको गाडीबाटै तस्करी भएको नेपालमा सायद पहिलो घट्ना हो ।

व्यवसायीले प्रयोग गर्ने सम्पुर्ण कुटनीतिक नियोगको सवारी साधन छानविन गर्न समेत उनीहले माग गरेका छन् । कुटनीतिक नियोगको गाडी प्रयोग गरि विभिन्न गैरकानुनी कार्य यसअघि पनि भएको हुन सक्ने सरोकारवालाको आशंका छ ।

कुटनीतिक नियोगको गाडी सिडी मानिदैन् । अनररी कन्सुलर कोर एचसीसी हो । यीनीहरुलाई सम्बन्धित देशको झण्डा फराउन पहिले दिइथ्यो । पछिल्लो समय यीनिहरुको ठुलै चलखेल र लबिङमा निलो प्लेट नम्वर प्रयोग गर्न पाउने निर्णय सरकारले केही वर्षअघि मात्र गरेको थियो ।

कोरोना भाइरसका कारण मुलुक नै संकटमा परेका बेला औषधी उपकरण तस्करीमा रंगेहात पक्राउ परेका सुलभ अग्रवालाई कुटनीतिक गाडी दुरुपयोग सम्वन्धमा पनि कडा भन्दा कडा कार्बाही गर्न विभिन्न संघ संगठनले माग गरेका छन् ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत रहेका सुलभ अग्रवाल कुटनीतिक नियोगकै नम्वर प्लेट भएको गाडी चढेर कोरोना भाइरसको औषधी उपकरण तस्करी गर्न पुगेका थिए ।

त्यसैवेला उनी प्रहरीको फन्दामा परेका हुन् । कुटनीतिक नियोगको गाडी दुरुपयोग गरि यसअघि पनि गैरकानुनी काम भएको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरु गरेको छ ।

कोरोना भाइरस औषधी उपकरण तस्करीमा प्रकाउ पर्ने शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल अहिलेका चर्चित उद्योगी व्यवसायी साहिल अग्रवालका आफै जेठो दाई हुन् ।

यो तस्करीमा साहिलको समेत संलग्ना हुन सक्ने उच्च स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार शंकर ग्रुपका सम्पुर्ण पदाधिकारीलाई नै निगरानीमा राखिएको छ ।

शंकर ग्रुपमा अध्यक्षमा शंकरलाल अग्रवाल, उपाध्यक्षमा सुलभ अग्रवाल, प्रवन्ध निर्देशकमा साहिल अग्रवाल, निर्देशकहरुमा ललिता अग्रवाल, सुवी अग्रवाल र दिपा अग्रवाल रहेका छन् । पछिल्लो समय एकाएक आकासिएका व्यवसायीमा यीनीहरुलाई लिने गरिन्छ । साहिल अग्रवाललाई प्रतिवन्धीत भारतीय नोट कारोवारीको समेत आशंका गरिएको थियो ।

डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरेबापत नेपाल विद्युत प्राधिकरणलाई साढे दूई अर्ब रुपैयाँ नतिर्नेमा शंकर ग्रुप अग्रस्थानमा छ । राज्यलाई आर्थिक रुपमा यत्ति ठुलो घाटा पुराउने शंकर ग्रुप यो रकम नर्तिन शक्ति केन्द्रमा धाइरहेको छ । सर्वसाधरणले भने यो ग्रुपसँग यो रकम पनि तत्काल उठान माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्