Logo
०४ कार्तिक २०७७
(Tuesday 20th October 2020)

कोरोना रोकथाम औषधी उपकरण नेपाल ल्याउने वारेमा राजदुत शाक्य सक्रिय, इजरायल-एशिया चेम्वरसँग छलफल



काठमाण्डौं । कोरोना संक्रमण रोकथामका लागि आवश्यक औषधी उपकरण खरिदका विषयमा इजरायलस्थित नेपाली दुतावासले छलफललाई तिव्रता दिएको छ । इजरायलका लागि नेपाली राजदुत डाक्टर अन्जान शाक्यले सरकारीस्तरबाट छलफललाई तिव्रता दिएकी हुन् ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिक राजदुत शाक्यले औषधी उपकरण खरिद प्रकृयाको लागि तयारीलाई तिव्रता दिएकी हुन् । इजरायबाट नेपालमा कोरोना रोकथाम सम्वन्धी औषधी उपकरण तथा परिक्षण किट खरिद गरी पठाउने वारेमा शाक्यले सरकारी, नीजि तथा सम्वन्धीत व्यक्तिहरुसँग छलफल थालेका हुन् ।

कोराना रोकथाम उपकरणका वारेमा के सहयोग हुन्छ भन्ने वारेमा पहिलो चरणमा इजरायल एशिया चेम्वर अफ कमर्शका प्रतिनिधिसँग छलफल गरेको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ । यो क्रमलाई तिव्रता दिएर केही दिनमा नै एउटा निश्कर्षमा पुग्ने पनि दुतावसले जनाएको छ ।

औषधी उपकरण खरिद प्रकृयाका वारेमा नेपाल सरकारले संभावित आफना दुतावासहरुलाई प्रकृया अगाडी बढाउन निर्देशन दिएको थियो । औषधी उपकरण अति आवश्यक भइरहेकाले सरकारले यसका वारेमा सक्रियता देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्