Logo
Logo

गहना छान्ने तरिका



कतिपय दुलही मेकअप, पहिरन, हेयर स्टाइल राम्रो भएर पनि ज्वेलरी सेन्स नभएर त्यति नखुलेका हुन्छन् । सुनको नेकलेसमा डायमण्डको हेयर क्राउन लगाउने चलन होस् वा नचाहिने ठाउँमा हेयर एसेसरिज प्रयोग गरी अझ नराम्रो देखिरहेका पनि उत्तिकै हुन्छन् ।

त्यसैले अहिले दुलहीहरू ज्वेलरी छान्ने कुरामा अझ बढी सचेत हुन थालेका छन् । ज्वेलरी सेलेक्सनमा बजेट निर्धारण गरेपछि ज्वेलरीको डिजाइन खोजिन्छ । कतिपयले लाइट नेकलेस खोज्छन् भने कतिपयले १०–१२ तोलासम्मको नेकलेस डिजाइन गराउँछन् ।

अहिले ब्राइडल नेकलेसमा चोकरका विभिन्न डिजाइन बढी रुचाइँदैछ भने इयररिङ पनि ठूलो नै रुचाइएको पाइन्छ । साथमा रानी हार त सदाबहार नै छ । औंठीमा पनि ठूलो डिजाइन नै फेसनमा छ । अहिलेका दुलहीहरू हेबीभन्दा आकर्षक र युनिक ज्वेलरी खोज्छन् । उनीहरू ज्वेलरीले आफ्नो डिजाइनर वेयरलाई नछेकोस् भन्ने पनि सोच राख्छन् ।

कतिपय दुलही सुनको भन्दा ठिक्कको डायमण्ड सेट लगाउन खोज्छन् । कतिपय दुलही अरु बेला पनि लगाउन मिल्ने गहना डिजाइन गराउँछन् । फेसनमा रहेको भन्दा ग्राहकको रुचिअनुसार ज्वेलरी तयार गरिने बराह ज्वेलरीका पावेल उदास बताउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका