
क्यानाडा । जनसम्पर्क समिति क्यानाडाले त्यहाँ अध्ययनरत नेपाली र अध्ययन तथा कामको सिलसिलामा भर्खरै क्यानाडा पुगेका नेपाली समुदायलाई राहत वितरण गरेको छ । जनसम्पर्क समितिका पदाधिकारी नै राहत वितरण कार्यमा सक्रिय छन् ।
राहत वितरण कार्यलाई जनसम्पर्क समिति क्यानाडाले केही दिनदेखि निरन्तरता दिइरहेको छ । यसैविच जनसम्पर्क समिति क्यानाडाकी उपसभापति चन्दा अधिकारीको नेतृत्वमा क्यानाडाको वेरी सहरमा राहत वितरण भएको छ ।
कोरोना भाइरस त्रासका कारण सहर बन्द हुँदा किनमेलका लागि पसलसम्म पुग्न नपाएकाहरुलाई राहत वितरणले ठुलो राहत मिलेको छ । जनसम्पर्क समितिको राहत वितरण कार्यले आफुहरु निकै खुशी भएको उनीहरुले बताएका छन् ।
विदेशमा समेत मानवीय नाता भेटिएको उनीहरुको प्रतिकृया थियो । जनसम्पर्क समितिकी उपसभापति अधिकारीले यो कार्य नेपाली वसोवास रहेको अन्य सहरमा पनि लैजाने बताइन् । सके जति हामी सहयोग गर्छौ यसमा अन्य संघ संगठनको पनि साथ हुनु पर्ने उनको भनाई छ ।
समस्या परे ३६५७७३८८८५ नम्वरमा सिधा सम्पर्क गर्न पनि उनले आग्रह गरेकी छिन् ।