
नेपालमा ससाना बालकलाई प्रयोगात्मक शैलीमा पठनपाठन गराइने मन्टेश्वरी प्रविधिलाई देशै भरी फैलाउन लागिपरेका चिरपरिचित निजी स्तरका वेस्ट मन्टेश्वरी प्रशिक्षण तथा चेन स्कुलले तालिम तथा फ्रान्चाईस मार्फत विभिन्न कार्यक्रमहरू तथा सेवा विस्तार गरिरहेको छ । यस संस्थाले गत वर्षबाट विश्वमै पहिलो पल्ट मन्टेश्वरी तालिमलाई अनलाइन मार्फत सेवा प्रदान गर्दै आइरहेको र हाल विश्वव्यापी देखिएको कोरोना भाइरसका कारण प्रत्येक नागरिक घरभित्र थुनिएर बस्नुपर्ने अवस्था भएकाले गर्दा मन्टेश्वरी तालिम लिन चाहने इच्छुक महिला अभिभावक दिदीबहिनी, शिक्षिका लगायत अन्य बालबालिकाहरूसँग प्रत्यक्ष सरोकार राख्नेहरूलाई मध्यनजर गर्दै ३ महिने मन्टेश्वरी तालिम निःशुल्क अनलाइन मार्फत प्रदान गर्ने घोषणा गरेको छ । स्मरण होस यस निजी संस्थाको संयोजकत्वमा हाल विभिन्न सरकारी विद्यालयहरूले पनि मन्टेश्वरी विधि अपनाइरहेका छन् ।
घरमा खाली समयको उपयोग होस् भन्ने हेतुले र यस संस्थाको सामाजिक दायित्व अनुरूपका साथै शिक्षा क्षेत्रमा योगदान स्वरूप पनि यो महँगो तालिमलाई केही समयको लागि यस संस्थाले निःशुल्क प्रदान गर्न लागेको संस्थापक सञ्जय फिन्जु लामाले जानकारी दिए । चिरपरिचित मन्टेश्वरी प्रशिक्षक तथा मन्टेश्वरी एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सुश्मा लामाको प्रशिक्षणमा प्रदान गरिने सो निःशुल्क तालिममा भाग लिन चाहनेले यही चैत्र २१ गतेभित्र निम्न लिखित मोबाइलमा प्रत्यक्ष सम्पर्क गरी सहभागी हुन पाइने छ । अनलाइन तालिम लिनलाई घर वा अफिसमा इन्टरनेटसहितको कम्प्युटरको आवश्यकता पर्ने हुन्छ ।
। यसका लागि प्रशिक्षण केन्द्रले ९८६६२४७९३३, ९८६५०५२०४६ र ९८४१६१८०४२ मध्य कुनै फोन नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ । साथै तल लिङ्कमा रहेको भिडियो मार्फत पनि जानकारी दिएको छ ।