Logo
०३ कार्तिक २०७७
(Monday 19th October 2020)

संकटका बेला मानवता देखाउन व्यवसायी कार्कीको आग्रह



काठमाण्डौं । युवा व्यवसायी लोकेन्द्र कार्कीले मुलुक गंभिर संकटमा रहेको भन्दै सवैलाई सचेत रहन आग्रह गरेका छन् । यस्तो बेला केही तत्वले गतल फाइदा उठाउन सक्ने भन्दै उनले राज्य निकै चनाखो हुनुपर्नेमा समेत जोड दिएका छन् ।

कोरोना भाइरसले नेपाल लगायत विश्वलाई त्रसित पारिरहेका बेला केही निहित स्वार्थ बोकेका मानिसहरु सल्वलाउन सक्ने भन्दै कार्कीले त्यस्ता गतल गतिविधि गर्नेलाई तत्काल कार्बाही गर्न समेत माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत कार्कीले गतल गतिविधि गर्ने, समाजमा अनावश्यक भ्रम फैलाएर घृणित राजनीति गर्न खोज्नेहरुलाई हदैसम्मको कार्बाही गर्नुपर्ने बताएका हुन् ।

 

स्वदेशी विदेशी जो भएपनि कार्बाहीको दायरामा ल्याउनु पर्नेमा समेत उनले जोड दिएका छन् । यस्तो गंभिर संकटका बेला मानवता देखाउन समेत कार्कीले सवैलाई आग्रह गरेका छन् ।

कार्की अहिलेका सफल व्यवसायीका साथै नेपाली चलचित्र क्षेत्रका एकताकाका चर्चित सेलिब्रेटी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्