Logo
Logo

म्यानको पहिलो क्षेत्रीय भेला सम्पन्न



मन्टेश्वरी एसोसिएसन नेपाल (म्यान) को पहिलो क्षेत्रीय भेला गत साता मन्टेश्वरी एसोसिएसन भैरहवाको आयोजनामा सम्पन्न भएको छ । सो भेलामा झापादेखि कैलालीसम्मबाट करिब १२ वटा जिल्ला कार्य समितिका अध्यक्ष लगायत पदाधिकारीहरूको सहभागिता थियो । विभिन्न जिल्लाबाट प्रस्तुत रिपोर्टहरूमा छलफल गरी आगामी वर्षका कार्यक्रमहरूको तय तथा निर्धारण यस भेलाले सर्वसम्मत पारित गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष सुश्मा लामाले मन्टेश्वरी विधिको नाममा व्यापार नगर्न आग्रह गर्दै प्रत्येक बालबालिकाहरूमा यस विधिको पहुँच हुनुपर्नेमा जिकिर गरिन् ।


भैरहवा अध्यक्ष अनामिका बस्यालले आफ्नो क्षेत्रमा यस विधिमा एकरूपता ल्याउन संस्थागत सबै आबद्ध विद्यालयहरू लागिपरेको बताइन् । सुनसरी धरान अध्यक्ष पारु तुम्बाहाम्फेले संस्था तथा सदस्य विद्यालय विस्तारको कार्यमा जोडतोडले लागिपरेको र झापा अध्यक्ष राम तामाङले केन्द्रीय समितिले उपलब्ध गराएको सल्लाह सहयोगको प्रशंसा गरे । सो कार्यक्रममा नयाँ विद्यालयहरूलाई स्वागत गरिनुका साथै प्रदेश १ मा पुष्प हमाल र प्रदेश ७ का दीपा कायस्थलाई क्षेत्रीय उपाध्यक्षमा मनोनयन समेत गरियो ।
कार्यक्रममा विभिन्न वक्ताहरूले धारणा राखेका थिए । सिद्धार्थ नगरपालिकाका नगरप्रमुखको प्रमुख आतिथ्यमा, भएको सो कार्यक्रममा नगर शिक्षा प्रमुख तथा प्याप्सनका क्षेत्रीय उपाध्यक्षको उपस्थिति थियो । अर्को वर्ष क्षेत्रीय भेला झापा जिल्लाले आयोजना गर्ने गरी संस्थाको झन्डा झापा अध्यक्षलाई हस्तान्तरण गरियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको