Logo
Logo

इटाली र दक्षिण कोरिया कोरोना भाइरसको सङ्क्रमणबाट प्रभावित



कोरोना भाइरसको सङ्क्रमण बढेपछि इटाली र दक्षिण कोरियाका नियन्त्रणका विभिन्न उपाय अपनाइएको छ । इटालीका अधिकारीहरूले भेनसमा भइरहेको एउटा मेलालाई छोट्ट्याएका छन् । भेनस कार्निभल निर्धारित मितिभन्दा दुई दिनअघि नै सकिने गरी छोट्ट्याइएको हो ।
युरोपमा सबैभन्दा धेरै करोनाभाइरस सङ्क्रमण भएका मानिस इटलीमा फेला परेका छन् । हालसम्म इटलीमा १५२ जनामा करोनाभाइरस भएको पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।
मिलान र भेनसमा कडा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । झन्डै ५० हजार सर्वसाधारण रहेको उत्तरी क्षेत्रका लोम्बर्डी र भेनटोजस्ता सहरबाट विशेष अनुमतिबिना बाहिर जान वा त्यहाँ पस्न नपाउने व्यवस्था गरिएको छ ।
यसै गरी अन्य क्षेत्रमा पनि व्यापार र विद्यालयहरू बन्द गरिएका छन् भने अन्य गतिविधिमा पनि रोक लगाइएको छ । प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ । इटलीका अधिकारीहरूले यस्ता उपायबिना करोनाभाइरस नियन्त्रण गर्न नसकिने बताएका छन् ।
यस्तै दक्षिण कोरियाका अधिकारीहरू पनि करोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागिपरेका छन् ।

करोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेपछि त्यहाँ उच्चतम तहको सतर्कता घोषणा गरिएको छ । सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुई गुना बढेको अधिकारीहरूले बताएका छन् । हालसम्म दक्षिण कोरियामा ६ सय भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भइसकेको छ भने ६ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको