Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

राजपा र समाजवादीबिच एकीकरणको चर्चा




राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबिचको एकीकरणको चर्चा फेरि सुरु भएको छ । राष्ट्रियसभाको चुनावको बेला नेकपासँग राजपाको तालमेल भएपछि नेकपासँगै सरकारमा जाने सम्भावना बढेको थियो । तथापि भारतीय नेताहरूको दबाबका कारण सरकारमा जानुभन्दा समाजवादी पार्टीसँग एकीकरणमै जाने योजना बनेको राजपा निकट स्रोतले जानकारी दिएको छ ।

सरकार निर्माणदेखि परिवर्तनसम्ममा भारतको साउथ ब्लकले खेल्ने गरेको चर्चा चल्दै आएको छ । नेपालमा सरकार बनाउने र बिगार्नेमा सक्रिय रहेकाहरू केपी ओली नेतृत्वको सरकारमा नजान राजपा नेताहरूलाई दबाब दिइरहेको जनाइएको छ ।

एकैसाथ राजपाका अध्यक्ष मण्डलका तीन नेता भारत गएका थिए । राजेन्द्र महतो, शरदसिंह भण्डारी र राज किशोर यादवले व्यक्तिगत कामका लागि गएको बताए पनि दिल्लीको सङ्केत बुझ्न गएको बताइएको छ । यी तीनै जना सङ्घीय सरकार र प्रदेश सरकारमा नेकपासँगको गठबन्धन चाहने नेतामध्येका हुन् ।

प्रतिक्रिया दिनुहोस्