Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

कस्तो छ ? १४८ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन



पछिल्ला दिनमा स्मार्टफोन कम्पनीले बढीभन्दा बढी क्षमतायुक्त क्यामरा भएका स्मार्टफोन ल्याउने प्रतिस्पर्धा गरिरहेका छन् ।

शाओमीको रेडमी नोट सेभेन प्रोको ४८ मेगापिक्सेल क्यामरा होस् वा नोकिया नाइन प्योरभ्यूको पाँच वटा क्यामरा सेटअप होस्, स्मार्टफोन फोटोग्राफीमा नयाँ आयाम थपिएको छ ।

स्मार्टफोन क्यामराको यो प्रगति रोकिनेवाला छैन । अब स्मार्टफोनमा छिटै नै १ सय ९२ मेगापिक्सेलको क्यामराबाट फोटो खिच्न पाइनेछ ।

क्वालकोम कम्पनीले आफ्नो पछिल्लो संस्करणको स्नापड्रागन मोबाइल चिपसेटको क्यामरा स्पेसिफिकेसन विवरण अपडेट गरेको छ ।

जस अनुसार कम्पनीका धेरैजसो चिपसेटले अब १ सय ९२ मेगापिक्सेल रिजोलुसन सेन्सर सपोर्ट गर्नेछन् ।

१ सय ९२ मेगापिक्सेल सेन्सर सपोर्ट गर्ने चिपसेटको लिस्टमा क्वालकोम स्नापड्रागन ६७०, क्वालकोम स्नापड्रागन ६७५, क्वालकोम स्नापड्रागन ७१०, क्वालकोम स्नापड्रागन ८४५ तथा क्वालकोम स्नापड्रागन ८५५ को नाम सामेल छ ।
त्यसबाट पनि के प्रष्ट हुन्छ भने यी चिपसेटबाट चल्ने स्मार्टफोनहरुको क्यामरा छिटै नै १ सय ९२ मेगापिक्सेल क्षमताको हुनेछ ।

स्मरण रहोस् तत्काल क्वालकोम चिपसेटले १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर सपोर्ट गरेता पनि तत्काल बजारमा कुनै पनि १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर उपलब्ध छैन ।

प्रतिक्रिया दिनुहोस्